१४ वर्षे सरस्वती हरिजनको बलत्कार पछि उनको हत्या, अपराधीलाई कानुनी दायरामा ल्याउनको निमित्त सक्दो सेयर गरेर सहयोग गर्नुहोला !

१४ वर्षे सरस्वती हरिजनको बलत्कार पछि उनको हत्या, अपराधीलाई कानुनी दायरामा ल्याउनको निमित्त सक्दो सेयर गरेर सहयोग गर्नुहोला !

  • , 3.6K जनाले हेर्नुभयो
  • 3.6K
    SHARES

  • १४ वर्षे सरस्वती हरिजनको बलत्कार पछि उनको हत्या, अपराधीलाई कानुनी दायरामा ल्याउनको निमित्त सक्दो सेयर गरेर सहयोग गर्नुहोला !

    नरैनापुर कि १४ वर्षे सरस्वती हरिजनको बलत्कार पछि उनको हत्या भएको स्थानीयले दाबी गरेका छन् रुपन्देहीको ओमसतिया गाउँपालिका-६ नरेनापूरकी एक किशोरी मृत भेटिएकी छिन् । १४ वर्षे सरस्वती हरिजन घरबाट झण्डै एक किलोमिटर पर खेतमा मृत अवस्थामा भेटिएकी हुन् ।

    हिजो राति करिब ९ बजे शौचालय जान भनेर घरबाहिर निस्केकी किशोरी हराएकी थिइन् । घरपरिवारले घर वरिपरि खोजी गरेपनि प्रहरीलाई खबर गरेका थिएनन् । हराएकी किशोरीलाई आज बिहान साढे ८ बजेतिर खेतमा मृत अवस्थामा स्थानीयले देखेका थिए । अहिले भरखरै प्रहरी घटनास्थलमा पुगेको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बालिकाको हत्या के कारणले भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको बताए । किशोरीको मुख र खुट्टामा चोट लागेको छ । उनको गुप्तांगबाट समेत रगत निस्केको छ । स्थानीयले बलत्कार पछि उनको हत्या भएको दाबी गरेको छ।

    सम्बन्धित खवर