चेलीबेटी बेचबिखनको आरोपी तामाङलाई रिहा गर्न आदेश

चेलीबेटी बेचबिखनको आरोपी तामाङलाई रिहा गर्न आदेश

  • , 3K जनाले हेर्नुभयो
  • 3K
    SHARES

  • चेलीबेटी बेचबिखनको आरोपी तामाङलाई रिहा गर्न आदेश

    काठमाडौँ। सर्वोच्च अदालतले चेलीबेटी बेचबिखनको अभियोगमा थुनामा रहेका नुवाकोट जिल्लाका वडाध्यक्ष सुनबहादुर तामाङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

    न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बिहीबार नुवाकोट जिल्ला अदालतबाट चेलीबेटी बेचबिखनको अभियोगमा नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं १ का वडाअध्यक्ष तामाङको स्थायी ठेगाना र बाबुको नाम फरक–फरक देखिएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । नुवाकोटका करिब २०० महिलालाई बेचेको, वेश्यालय चलाएको अभियोगमा जिल्ला अदालत नुवाकोटले गत चैत ९ गते तामाङलाई ३७ वर्ष कैद सजाय र रु दुई लाख ५० हजार जरिवानाको फैसला गरेको थियो ।

    नुवाकोटकै दुई महिलाले तामाङविरुद्ध मानव बेचबिखन गरेको उजुरी गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० ले उनलाई पक्राउ गरी मानव बेचबिचन तथा ओसारपसार मुद्दा दर्ता गरेको थियो ।

    प्रहरीले पक्राउ गरेपछि तामाङको हकमा छोरा प्रदीप तामाङले विसं २०७४ माघ १० गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएका थिए । सोही निवेदनमाथिको सुनुवाइपछि अदालतले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।रासस

    सम्बन्धित खवर