हिलोमुक्त वडा बनाउन जोड सडकमा आरसीसी ढलान गर्न तिव्रता दिँदै शिल्यानास

हिलोमुक्त वडा बनाउन जोड सडकमा आरसीसी ढलान गर्न तिव्रता दिँदै शिल्यानास

  • , 3.1K जनाले हेर्नुभयो
  • 3.1K
    SHARES

  • हिलोमुक्त वडा बनाउन जोड सडकमा आरसीसी ढलान गर्न तिव्रता दिँदै शिल्यानास

    महेश सिंह महतो सिरहा, ६ चैत । सिरहा नगरपालिका वडा नम्बर आठलाई हिलोमुक्त गराउन लागी परेको वडाध्यक्ष नागेश्वर यादवले बताएका छन् । सडकमा आरसीसी ढलान शिल्यानास कार्यक्रममा बोल्दै उनले क्रमिक रुपमा वडाका सबै सडकमा आरसीसी ढलान गरिने बताएका हुन् । वडामा छुट्याइएको मध्ये अधिकतर रकम सडकमा आरसीसी ढलानमा खर्च गर्ने योजना बनाएर कार्यान्वयनको चरणमा लागेको उनले जनाए । वर्षातको महिनामा वडाबासीलाई समस्या हुने गरेको हुँदा हिलोमुक्त वडा बनाउने अभियानका साथ अघि बढिरहेको उनले तर्क गरे । तीन वटा सडकमा आरसीसी ढलान भइरहेको उनको भनाई छ । १६ लाख ४५ हजारको लागतमा वडा नम्बर–८ बस्ने रामसेवकको घर देखि रामनाथ सढोकको घरसम्म १ सय ५५ मिटर लम्बाईसम्म आरसीसी ढलान गरिने उपभोक्ता समितिका कोषाध्यक्ष रकी कुमार गुर्मैताले बताए । १३ फिट चौडाई सडकमा ८ इन्चको ढलान गरिने ईन्जिनियर जय साहले बताए । गुणस्तरीय निर्माणका लागि प्राविधिक दृष्टिले बेल–बेलामा निरिक्षण गरिने उनले जनाए ।

    सम्बन्धित खवर