एजेन्सी, भारतीय बलात्कारी बाबा गुरमीत राम रहीमकी धर्म पुत्री अर्थात् प्यारी छोरि भनेर चिनिने हनिप्रित यतिबेला जेलमा सामान्य कैदी जस्तै आफ्नो गल्तिको सजाय भोग्दै छिन्। कुनै समय महल जस्तो डेरामा राजश्री सुख सयल जिन्दगी बिताईरहेकी हनिप्रित अहिले भारतस्थित अम्बला जेलमा सामान्य जीवन बिताईरहेकी छिन्।
हनिप्रित हरेक दिन योगा गर्छिन र आधुनिक पजामी कुर्ता लगाउछिन्। भारतीय संचार माध्यमका अनुसार उनको कपडा डिजाइनर छ । जेलका स्रोतअनुसार पन्चकूला सहित राज्यभरमा महिला हिंसा गरेको आरोपमा पक्राउ परेकी हनीप्रितलाई जेलमा कुनै पनि तरिकाको भीआईपी सुविधा दिइएको छैन।
जब हनिप्रित पन्चकूला अदालत जान्छिन् त्यतिबेला उनि आफ्नो ड्रेसलाई विशेष ध्यान दिन्छिन्। हनिप्रित जेल बाहिर अर्थात् अदालत जादा पहिला आफ्नो पुरै अनुहार ढाकेर पुलिसको भ्यानमा हिड्ने गर्छिन। हनिप्रितलाई कालो रङको कपडा मनपर्छ। हनीप्रीतको मामिला अझै अंडरट्रायल छ, त्यसैले उनले आफुलाई मनपर्ने कपडा लगाउन पाउछिन्।