पछिल्लो समय जनकपुर भन्सार कार्यालय, राजश्व अनुसन्धान कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीले मोटो रकम लिएर अवैध तस्करीलाई बढावा दिएको भन्दै जनकपुर उद्योग वाणिज्य संघ आन्दोलित भएको हो ।
जनकपुर भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्मा, भन्सार कर्मचारी जगदीश दास, करारका कर्मचारी प्रकाश यादव, अजय यादव, विजय यादव, सशस्त्र प्रहरीका डीआईजी कविन्द्रमान श्रेष्ठ, सशस्त्र प्रहरी डीएसपी गोपाल अधिकारी, सशस्त्र प्रहरीका घुमुवा दिपेश सिंह तथा राजश्व अनुसन्धान कार्यालय पथलैयाका अनुसन्धान अधिकृत तेजमणि काप्mले तस्करहरु अन्दोष दास, जयकुमार यादव र दामोदर खड्कासंग मोटो रकम लिई तस्करीको लाईन दिएको जनपकुर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र भण्डारीको आरोप छ ।
सरकारले निर्धारण गरेको भन्सार दस्तुर बमोजिम राजश्व बुझाएर ल्याएको सामान पनि जयकुमार यादव लगायतका तस्करको समूहले खोसेर सशस्त्र प्रहरीलाई बुझाएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको जनकपुर उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठ बताउनु हुन्छ ।
यता जनकपुर भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माको तस्करसंग साँठगाँठ रहेको ठहर गर्दै कारवाहीका लागि विभागमा तानिसकेको राजश्व अनुसन्धान कार्यालय पथलैयाका अनुसन्धान अधिकृत तेजमणि काप्mलेले जानकारी दिनुभयो ।
धनुषाको जटही भन्सार नाकाबाट पछिल्लो समय व्यवस्थित तस्करी बढेको छ । ६ चक्के ट्रकमा लताकपडाको भन्सार दुई देखि तीन लाख हुन्छ । तर कर्मचारीको मिलोमतोमा उक्त गाडीको मालसामन चेकजाँच नै नगरी ४० देखि ५० हजार मात्र भन्सार राजश्व काट्ने गरेको छ ।
Source:News24nepal