मन्त्रि गोकर्ण बिष्टकी ८९ वर्षीय बृद्धा आमाले अाँखामा आँसु झार्दै देश को लागी केहि गरेर ‘चाँडै आउनु है वावु…’भन्दै बिदा दिइन्

मन्त्रि गोकर्ण बिष्टकी ८९ वर्षीय बृद्धा आमाले अाँखामा आँसु झार्दै देश को लागी केहि गरेर ‘चाँडै आउनु है वावु…’भन्दै बिदा दिइन्

  • , 6.9K जनाले हेर्नुभयो
  • 6.9K
    SHARES

  • मन्त्रि गोकर्ण बिष्टकी ८९ वर्षीय बृद्धा आमाले अाँखामा आँसु झार्दै देश को लागी केहि गरेर ‘चाँडै आउनु है वावु…’भन्दै बिदा दिइन्

    नभन्दै छोरा अर्थात श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्ट जन्मघर आइपुगे ।

    मन्त्री भएपछि पहिलो पटक वुधवार गुल्मीको दोहलीस्थित घर पुगेका विष्टले आमासँग १५ मिनेट पनि समय दिएर बस्न भ्याएनन् । छोरा विष्टले जिल्लाबाट गएका जनप्रतिनीधि, सहायक सिडियो लगायतका व्यक्तिहरुलाई परिचय गराउने क्रममा भने आमाको ओठमा मुस्कान छाएको देखियो ।

    घरमा खाना खाएर विभिन्न कार्यक्रममा जानुपर्ने बाध्यताका कारण विष्ट आमाको पाउँ ढोगेर, एकैछिन सञ्चोविसन्चो सोधेर ठुला दाजु लक्ष्मण विष्टको घरमा गए ।

    खाना खाँदै गर्दा पनि विष्टको मोवाइल घण्टी बजिरह्यो । कहिले विद्यालय त कहिले संघ संस्थाबाट आउने फोनमा मन्त्रीलाई जवाफ दिन भ्याई नभ्याई थियो ।

    यहि चटारोमा मन्त्री विष्टले बुधवार एकै दिन स्वागत थाप्नेदेखि दर्जनौ कार्यक्रममा सम्बोधन गर्न भ्याए । दिनभरका कार्यक्रम भ्याएर घर फर्केका मन्त्री विष्टले ‘आमा म अहिले हिँड्छु है’ भन्दै शिर निहुराई आमाको पाउँ ढोगे,जुनवेला आमाको आँखाबाट बगेको आँशु मन्त्री छोराको शिरमा थोपा थोपा खस्दै थियो ।

    उनकी आमाले भनिन्–‘बाबु अहिल्यै गइहाल्छौं र ? एकछिन बसन’ जवाफमा मन्त्री विष्टले भने–‘एकछिन पनि फुर्सद छैन आमा । म अहिले जान्छु , डेढ महिनापछि आउँछु र बसौंला ।’
    निहुँरेर आमाको पाउँ ढोग्दै मन्त्री विष्ट घरबाट विदा हुनसाथ आमाले दुखेसो पोखिन् ‘आयो भलवाढी गयो…।’

    त्यसो भन्दै गर्दा आमाको आँखामा अश्रृधारा बगेका थिए । मन्त्री विष्ट पनि मन थामेर भावुक हुँदै र फर्किफर्कि आमालाई नियाल्दै उकालो लागे । आँखाको दृष्टीले पुग्ने वेलासम्म आमाको आँखा छोरातिरै थियो ।

    अन्ततः आमा छोरा दुबैले नियाल्दा नियाल्दै मन्त्रीको सवारी टोलीले झण्डा फर्फराउँदै गाडी कुदाए । दुई छोरी र पाँच भाई छोरामध्ये साईला छोरा मन्त्री विष्ट आमासँग न्यास्रो मेट्ने गरी लामो समय कहिल्लै बस्न पाएका छैनन् ।

    छोराले जान्छु भनेपछि ‘चाँडै आउनु है वावु…’ आमाले पटक पटक दोहर्याइन् । विष्टकी आमा ८९ वर्षकी भइन् । श्रीमान भीमबहादुर विष्टको निधन भई सकेको छ । उनी कान्छा छोरा चुराबहादु विष्टसँग मुलघरमा बस्दै आएकी छन् ।

    सम्बन्धित खवर