चीनका राष्ट्रपति सी लाई परमेश्वरको सुसमाचार प्रचार गरेपछि महिला पक्राउ

चीनका राष्ट्रपति सी लाई परमेश्वरको सुसमाचार प्रचार गरेपछि महिला पक्राउ

  • , 3.5K जनाले हेर्नुभयो
  • 3.5K
    SHARES

  • चीनका राष्ट्रपति सी लाई परमेश्वरको सुसमाचार प्रचार गरेपछि महिला पक्राउ

    चीनका राष्ट्रपति सी लाई परमेश्वरको सुसमाचार प्रचार गरेपछि महिला पक्राउ

    ११ चैत्र | तपाई परमेश्वरले बोलाउनुभएको छ भन्दै चीनका राष्ट्रपति सी जि पिङ्गलाई साहासी सुसमाचार प्रचार गर्ने एक महिलालाई गत हप्ता पक्राउ गरिएको छ ।

    बेजिंगको राजकीय गार्डेनमा होल्डिङ साइनबोर्ड मार्फत परमेश्वरले बोलाउनुभएको छ भन्ने लेखेर ती महिलाले प्रचार गरेकोमा गएको बुधबार उनलाई पक्राउ गरिएको चाईना एडले जानकारी दिएको छ ।

    लियाओनिगं प्रानतबाट आएकी झू जिनजिया नाम गरेकी ती महिलाले राष्टपति निवासकोे गेटमा नै उक्त बोर्ड सुसमाचारको बोर्ड राखेकी थिईन । बोर्डमा परमेश्वरले सबै जनतालाई प्रेम गर्नुहुन्छ र राष्ट्रपतिलाई बोलाईरहनु भनेर लेखिएको खवर छ ।

    रिपोर्टका अनुसार झूलाई एस्कर्ट गरि उनको घरसम्म नै पुर्याएर त्याहाको प्रहरीलाई कारबाहीको लागि सुम्पिएको छ । ती महिलाले अरु त्यस्तै अवसरहरुमा त्यसरी नै सुसमाचार प्रचार गर्ने प्रयास गर्दै आइरहेकी थिईन ।

    एक अज्ञात क्रिश्चियन समाचार स्रोतका अनुसार २०१६ मा राष्ट्रपति र उनको श्रीमति पेङ्ग लियूआनलाई पनि परमेश्वको राज्य तिम्रो हातमा छ, पश्चाताप गर भन्दै ती महिलाले प्रचार गरेकी थिइन ।

    उनको यो प्रयासको कारण उनलाई सामाजिक सद्भावमा दखल दिएको भन्दै हाललाई दश दिनको लागि थुनामा राखिएको छ ।

    सम्बन्धित खवर