एक केजी सुनको लोभले २८ लाख गुम्यो !

एक केजी सुनको लोभले २८ लाख गुम्यो !

  • , 3.1K जनाले हेर्नुभयो
  • 3.1K
    SHARES

  • एक केजी सुनको लोभले २८ लाख गुम्यो !

    बैशाख ६, काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका–६ मा नक्कली सुन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । एक फरार छन् ।

     

    पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बा–७ घर भइ हाल भक्तपुरको सल्लाघारी बस्दै आएका ३० वर्षीय अजय तामाङ र २५ वर्षीय विष्णु मोक्तान छन् । झापा घर बताउने कर्ण लिम्बु फरार छन् ।

    काठमाडौं प्रहरी परिसरका अनुसार उनीहरुले सुन जस्तो देखिने १ केजी धातुलाई सुन भनेर विश्वस्त बनाएर २८ लाख ६० हजार रुपैयाँ ठगी गरेका थिए । रकम लिएपछि उनीहरु फरार भएका थिए ।

    महानगरीय प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेका दुई जनाविरुद्ध ठगी मुद्दामा जिल्ला अदालत, काठमाडौंबाट ५ दिनका म्याद थप गरेर विस्तृत अनुसन्धान थालेको छ ।

    स्रोत: अनलाइन खबर

    सम्बन्धित खवर