यातायात व्यवसायी धमाधम बैंक खाताबाट पैसा निकाल्न थाले, व्यवसायीको आन्दोलन मजदुरले सहभागी नहुने

यातायात व्यवसायी धमाधम बैंक खाताबाट पैसा निकाल्न थाले, व्यवसायीको आन्दोलन मजदुरले सहभागी नहुने

  • , 4.4K जनाले हेर्नुभयो
  • 4.4K
    SHARES

  • यातायात व्यवसायी धमाधम बैंक खाताबाट पैसा निकाल्न थाले, व्यवसायीको आन्दोलन मजदुरले सहभागी नहुने

    काठमाडौं ६ बैशाख । यातायात व्यावासयीको आन्दोलन मजदुरले सहयोग नगर्ने भएका छन । सरकारले सिण्डिकेट तोडेको विरोधमा यातायात व्यवसायीहरु आन्दोलनमा उत्रने बताइरहेका बेला उनीहरुकै सवारी चलाइरहेका चालक र सहचालकलगायतका यातायात मजदुहरु भने सो आन्दोलनमा सहभागी नहुने भएका हुन ।

    नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले विगतमा यातायात व्यसायीले गर्ने हरेक आन्दोलनमा आफूहरु सहभागी हुँदै आएको भए पनि यसपालि पर्ख र हेर को स्थितिमा रहेको बताएका छन ।

    अध्यक्ष राइका अनुसार आगामी २६ बैशाखदेखि व्यसायीले गर्ने भनेको आन्दोलनमा याताया मजदुहरु कुनै पनि हालतमा सहभागी नहुने बताए। सरकारले यातायात व्यवसायीसमितिहरु खारेज गरेर कम्पनीमा दर्ता हुनुपर्ने नियमावली ल्याएको विरोधमा व्यवसायीहरु सरकारविरुद्ध आन्दोलनमा उत्रने तयारीमा छन्।

    धमाधम बैंक खाताबाट पैसा निकाल्न थाले

    सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयसँगै विभिन्न यातायात समितिहरूले आफ्ना बैंक खाताबाट धमाधम पैसा निकाल्न थालेका छन् । समितिहरूले एकैपटक ठूलो परिमाणमा पैसा निकाल्न थालेको जानकारी जिल्लाबाट गृह मन्त्रालयमा प्राप्त हुन थालेका छन् ।

    बुधबारसम्म कास्कीबाट मात्र यातायात व्यवसायीहरूले तीनवटा बैंक प्रयोग गरी करिब ३ करोड निकालिसकेका छन् । सरकारी कार्यालयमा दर्ता भएका कुनै पनि संस्था–समितिले विनाकारण एकैपटक त्यति ठूलो परिमाणमा पैसा निकाल्न पाउँदैनन् । तर, यातायात व्यवसायी समितिले मुद्दती खाताबाट करोडौँ पैसा निकाल्न थालेका हुन् ।

    गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सिडिओले नै यातायात व्यवसायी समितिलाई नियमन गर्ने व्यवस्था भएकाले उनीहरूको खाता रोक्का गर्न मन्त्रालयबाट कुनै निर्णय गर्नुपर्ने स्थिति नरहेको बताए । प्रवक्ता सुवेदीले भने, ‘समिति दर्ता गर्ने र खारेज गर्ने अधिकार प्रजिअको कार्यालयलाई छ । यदि समितिले अस्वाभाविक रूपमा पैसा निकालेको हो भने त्यसलाई रोक्ने अधिकार पनि सिडिओसँगै छ । मन्त्रालयले कुनै निर्णय गरिरहनुपर्दैन ।’

    दायरा बाहिर १० खर्बको व्यवसाय कर
    यातायात क्षेत्रमा लगानी गरिएको ९ खर्ब ९८ अर्ब १५ करोड रुपैयाँ करको दायराबाहिर छ । गैरसरकारी संस्था ९एनजिओ० का रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता र नवीकरण हुँदै आएकाले उनीहरूको लगानी करको दायराबाहिर रहेको हो । यातायात व्यवसायीले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर सबै प्रकारका सार्वजनिक सवारीसाधनमा गरेर कुल १० खर्ब रुपैया“ लगानी छ । यो विवरणमा यात्रुबाहक सवारीसाधन, ट्रक यातायात, पेट्रोलियम ढुवानी, ढुवानी यातायात लगायत सबै सवारी साधनलाई समेटिएको छ ।

    यातायात व्यवस्था विभागमा अहिलेसम्म दर्ता भएका यातायात कम्पनी ९करको दायरामा आएका० को लगानी १ अर्ब ८४ करोड ३३ लाख रुपैया“ छ । दुवैको तथ्यांकलाई आधार मान्दा कुल लगानीको ९९ दशमलव ८१ प्रतिशत करको दायरामा आएका छैनन् । अहिलेसम्मको लगानीमध्ये शून्य दशमलव १८ प्रतिशत मात्र करको दायरामा छ ।

    सम्बन्धित खवर