साहाराविहीन भएका विद्यार्थी विनोदले भ्वाङ परेको पाइन्ट लगाएर यसरी मन्त्रीसँग गरे भेट

साहाराविहीन भएका विद्यार्थी विनोदले भ्वाङ परेको पाइन्ट लगाएर यसरी मन्त्रीसँग गरे भेट

  • , 4.1K जनाले हेर्नुभयो
  • 4.1K
    SHARES

  • साहाराविहीन भएका विद्यार्थी विनोदले भ्वाङ परेको पाइन्ट लगाएर यसरी मन्त्रीसँग गरे भेट

    चौतारा । देशभर विद्यार्थी भर्ना अभियान चलिरहेका बेला प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल बुधबार विद्यार्थी भर्ना अभियानका गृहजिल्ला सिन्धुपाल्चोक पुगेका थिए ।

    जिल्ला सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिका ११ भीमटारको माझी बस्तीमा माला लगाएर केही विद्यार्थीको अभिभावकत्व ग्रहण गरिरहेका बेला माझी समुदायका बालक विनोद माझी त्याहाँ आईपुगेका थिए । इन्द्रावती आधारभूत विद्यालयमा ४ कक्षा उतीर्ण गरेर ५ कक्षामा भर्ना भएका उनको अवस्था दयानिय देखियो । जुन थियो भ्वाङ परेको पाइन्ट लगाएर मन्त्रीसँग भेट गर्नु परेको अवस्था ।

    चार वर्षअघि उनको आमाको मृत्यु भयो, बाबुले छाडेर हिँडेपछि साहाराविहीन भएका विनोद मामाघरमा बस्दै आएका रहेछन् । सरकारी घोषणाअनुसार एक जना विद्यार्थीको अभिभावक बन्ने अभियानमा विनोदले मन्त्री दुलाललाई नै अभिभावक भेटे । भर्ना अभियान उनैबाट सुरु भयो । कार्यक्रममा विनोदलाई मन्त्री बसेको मञ्चमा बोलाइयो तर उनी जान आनकानी गरे । हजुरआमाले उनलाई डोर्‍याएर मञ्चमा लैजाँदा उपस्थित विद्यार्थीहरु गलल हाँसे ।

    पाइन्टमा पछाडि ठूलो भ्वाङ परेकाले विनोदलाई मञ्चमा जान अप्ठेरो लागेको थियो । विनोदले एउटा हातले हजुरआमालाई समातेका थिए भने अर्को हातले पछाडिको भ्वाङ छेक्ने कोशिस गरेका थिए ।

    सम्बन्धित खवर