मुकुन्दल्यान्ड का राजा रबि लामिछाने को बिरोधि मुकुन्द घिमिरे पक्राउ

मुकुन्दल्यान्ड का राजा रबि लामिछाने को बिरोधि मुकुन्द घिमिरे पक्राउ

  • , 3.2K जनाले हेर्नुभयो
  • 3.2K
    SHARES

  • मुकुन्दल्यान्ड का राजा रबि लामिछाने को बिरोधि मुकुन्द घिमिरे पक्राउ

    काठमाण्डौ, ५ वैशाख । राजनीतिक दललाई गालीगलौज गरेर चर्चामा आएका मुकुन्द घिमिरे (मुकुन्दे)लाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भाईकी पत्नी (भाइबुहारी) लाई कुटपिट गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

    मुकुन्दल्याण्डको परिकल्पना भन्दै राजनीतिक दलका नेतालाई काठमाडौंको रत्नपार्कमा बसेर तथानाम गाली गर्ने मुकुन्दलाई मोरङ्गमा प्रहरीले पक्राउ गरेको हो । केही समय देखि उनी काठमाडौंको रत्नपार्क छोडेर मोरङ्ग गएका थिए । आफ्नो घर मोरङ्गको बेलबारी ११ लक्ष्मीमार्गमा बुहारी कुटेको अभियोगमा पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ ।

    अंशवण्डाका क्रममा भएको विवादका बिच बुहारी यशोदा लुइंटेलमाथि हातपात गरेका थिए । कुटपिटवाट बुहारी लुइंटेल घाइते भएकी छन् ।भोजपुरको खर्ताम्छा घर भएका घिमिरेका भाइबुहारी लक्ष्मीमार्गमा घर बनाएर बसाई सरेका थिए ।

    काठमाडौंको रत्नपार्क छोडे पछि मुकुन्द सामाजिक संजालमा सकृय छन् । फेसबुक र ट्वीटर मार्फत राजनीतिक दलका नेताहरुलाई गालीगलौज गर्दै आएका मुकुन्दलाई प्रहरीले हिरासतमा राखेको छ । उनलाई प्रहरी चौकी भाउन्नेले नियन्त्रणमा लिएर प्रहरी कार्यालय बेलबारीलाई बुझाएको हो ।
    श्रोत:सत्यसमाचारबाट

    सम्बन्धित खवर