शिक्षा मन्त्री पोखरेलको गाडी दुर्घटना

शिक्षा मन्त्री पोखरेलको गाडी दुर्घटना

  • , 4.4K जनाले हेर्नुभयो
  • 4.4K
    SHARES

  • शिक्षा मन्त्री पोखरेलको गाडी दुर्घटना

    निशानामा मन्त्रीको गाडी समेत परेको छ । बिपी राजमार्ग हुँदै महोत्तरीको बर्दिवास जान लागेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलेको गाडीलाई विपरित दिशाबाट आईरहेको टि«प्परले ठक्कर दिएको छ । ठक्करबाट गाडीको अगाडीको भागमा क्षति पुगेको छ भने चालक सामान्य घाइते भएका छन् ।

    बा ४ ख ९४८६ नम्बरको टिप्परले ठक्कर दिँदा मन्त्री पोखरेल चढ्ने बा २ झ ३३९७ नम्बरको गाडीका चालक सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । विद्यालय भर्ना अभियानसम्बन्धी कार्यक्रममा सहभागी हुन शिक्षामन्त्री पोखरेल गृहजिल्ला महोत्तरी जाने क्रममा उनले खाली गाडी बिपी राजमार्ग हुँदै पठाएका थिए । मन्त्री भने विमानमार्फत् गृहजिल्ला गएकाले दुर्घटनाबाट जोगिए ।

    सम्बन्धित खवर