बिहानै उठेर पहिले पेटभरि रक्सी पिउथे रणबहादुर राई। त्यसपछि खेत जोत्न जान्थे। अलि मेलो बनाएपछि फेरि पिउथे।
उनको शरीरमा रगत र रक्सी सरोबरी भइसकेको थियो, दिनभरि नै रक्सीको रमरम भएन भने शरीर कामिहाल्थ्यो।
‘रक्सीले मातेर बसिरहन पाए एक हप्तासम्म अर्थोक नखाई बसौं जस्तो लाग्थ्यो,’ मोरङ, पथरीका रणबहादुरले भने, ‘सानैदेखि लत लागेपछि त्यस्तो हुने रै’छ, के गर्नु?’
कुरा रक्सीको लतको मात्र थिएन, रक्सीले मातेपछि उनी घरका सबैलाई गाली गर्थे।
नसाले उनी मात्र पीडित थिएनन्, एकनासले पीडित थियो उनको परिवार।
बुहारी सरितालाई समेत तथानाम गाली गर्थे, ससुराको व्यवहार देखेर उनी आजित थिइन्।
भिडियो हेर्नुहोस्