प्रधानमन्त्री आज सिरहा जाँदै, यस्तो छ कार्यक्रम

प्रधानमन्त्री आज सिरहा जाँदै, यस्तो छ कार्यक्रम

  • , 3K जनाले हेर्नुभयो
  • 3K
    SHARES

  • प्रधानमन्त्री आज सिरहा जाँदै, यस्तो छ कार्यक्रम

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सिरहा जाँदैछन्। प्रधानमन्त्री बुधबार बिहान १० बजे सिरहाका लागि प्रस्थान गर्ने प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले थाहाखबरलाई जानकारी दिए। सिरहाको कल्याणपुर नगरपालिकास्थित रामदुलारी माविमा विद्यार्थी भर्नाका लागि प्रधानमन्त्री ओली सिरहा जान लागेका हुन्। प्रधानमन्त्री ओलीले कल्याणपुर–११ का भोगेन्द्र मल्लिकका छोरा पवन मल्लिक (डोम) र दिनेश खत्वेकी छोरी रुपाकुमारी खत्वेको अभिभावकत्व गर्दै विद्यालय भर्ना गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले ती दुईजनालाई न्युनतम आठ कक्षाको सम्पूर्ण खर्चको जिम्मेवारी लिएको बताइएको छ। प्रधानमन्त्री ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियानअनुसार वैशाख १ मा मुगकी एक बालिकालाई स्कुल भर्ना गराएका थिए। source:athakhabar

    सम्बन्धित खवर