राती फोनमा बोलेर सुतेका श्रीमान् बिहान बित्नुभयो भनेर खबर आउँदा कसरी पत्याउनु, खबर सुन्दा सपनामा छु कि विपनामा छुट्याउनै गाह्रो भयो,’ विदेशमा श्रीमान् बितेको खबर पाएपछि आफूलाई लागेका कुरा सुनाउँदै हुनुहुन्थ्यो ३४ वर्षिया दुर्गा परियार । सप्तरीको हर्दिया ६ कि दुर्गा हिजोआज उदयपुरको त्रियुगा नगरपालिका १० मा बस्नुहुन्छ । उदयपुरमा बस्न थालेको झण्डै १५ वर्ष भयो । उदयपुर आएपछि नै हो उहाँका श्रीमान् विदेश गएको । दुर्गाका श्रीमान् चुडामणी युएई गएको २८ महिना भइसकेको थियो । गार्मेन्टको काम गर्ने चुडामणी छुट्टिमा आएर गएका थिए । भिडियो सहित