बलत्कार बिरुद्ध प्रहरीको योजना, हुनेछ यस्तो कारबाही (भिडियो सहित)

बलत्कार बिरुद्ध प्रहरीको योजना, हुनेछ यस्तो कारबाही (भिडियो सहित)

  • , 4.2K जनाले हेर्नुभयो
  • 4.2K
    SHARES

  • बलत्कार बिरुद्ध प्रहरीको योजना, हुनेछ यस्तो कारबाही (भिडियो सहित)

    देशले थुप्रै परिवर्तनका सिँढी चढ्दै आउँदा आशा र अप्ठ्यारा छँदै छन्, तर तिनका बीचमा नारीहिंसा, बालहिंसा, बलात्कार, छाउपडी या झुमालगायतका प्रथाको प्रताडनाले नारी दमन छँदै छ। मानिसमा चेतनाको दियो किन बल्न सकेन ? पक्कै पनि हामी र हाम्रो व्यावहारिक सचेतनामा खोट छ। हेर्ने नै हो भने समाजले नारी कुण्ठा दबाएर राखेकै छ।
    सचेतना अभियानले कानुनलाई दह्रो बनाएकै छ तथापि कार्यान्वयन पाटोमा खोट रहेरै यस्ता घटनाले नारीमाथि अन्याय भइरहेकै छ। बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गरिनु अनि पैसा हुनेले जे गरे पनि हुन्छ भन्ने अहंकारले ठूलाबडाको सोचलाई समाजले झापड हान्नैपर्छ। अर्को वर्ग धनीमानीभन्दा अशिक्षित छ, जसले कुविचार बोकेर कसैप्रति गिद्दे नजर लगाउँछ। पछि लाग्छ र दाउ छोप्छ। त्यो अवचेतन मनको कामुकतालाई आफूभन्दा कमजोर बालिका, नारीमाथि अन्धो भएर पोख्छ।
    कतिपय अवस्थामा समाज अनुशासनको दायरा मिचेर, आर्थिक प्रलोभनमा फसेर लोभिने कार्यप्रति अभैm औंला उठाउन चाहँदैन। लज्जास्पद विषयमा पार्टीको काखी च्यापेर अन्याय गर्ने प्रयास पनि हुन्छन्। कति लापरबाही छ समाजभित्र, यस्ता अपराधमा मिलापत्रसम्म हुने समाचार सार्वजनिक भएका छन्। प्रहरीले नै यी विषयमा दिलोज्यान दिएर निष्पक्ष न्याय दिन चासो बढाउनुपर्ने हो तर समाजका हरेक नागरिकले यस्ता विषयमा सहयोग गर्नैपर्छ। यौनजन्य हिंसामा महिला प्रहरीले पूर्ण अवसर नपाएका हुन् कि भन्ने भान यहाँ हुँदैछ। यसका लागि प्रचार अभियानमा जुट्ने दायित्व हरेक असल नागरिकको हो। न्यायको सुव्यवस्था गर्ने लौहदण्ड समातेका प्रहरीबाटै यस्ता घटना हुनु अनि धम्की आएका समाचार व्याप्त हुँदा जोकोहीको मन पिरोलिन्छ ।

    सम्बन्धित खवर