दिमाग भए धेरै खर्च गर्नु पर्दैन, ब्राजिलमा एक बैज्ञानिकले बनाए १ लिटर पानी बाट ५०० किमी कुद्ने बाईक हेर्नुहोस भिडियो सहित

दिमाग भए धेरै खर्च गर्नु पर्दैन, ब्राजिलमा एक बैज्ञानिकले बनाए १ लिटर पानी बाट ५०० किमी कुद्ने बाईक हेर्नुहोस भिडियो सहित

  • , 3.6K जनाले हेर्नुभयो
  • 3.6K
    SHARES

  • दिमाग भए धेरै खर्च गर्नु पर्दैन, ब्राजिलमा एक बैज्ञानिकले बनाए १ लिटर पानी बाट ५०० किमी कुद्ने बाईक हेर्नुहोस भिडियो सहित

    मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले ५ सय किलोमिटर गुड्ने बाइकको निर्माण गरेका छन् । ब्राजिलमा पब्लिक अफिसरको रुपमा कार्यरत रिकार्डो अजेबेडोले यो वाइकको निर्माण गरेका हुन् । संचारमाध्यमहरुका अनुसार ‘टि पावर एच टु ओ’ नामाकरण गरिएको यो वाइकमा जुनसुकै पानी हालेर पनि चलाउन मिल्छ ।

    यसका लागि सफा पानी नै चाहिन्छ भन्ने छैन । यो वाइकमा पानीको सानो ट्यांकी र मोटरको ब्याट्रि जडान गरिएको छ । बाइकमा राखिएको ब्याट्रिले इलेक्ट्रिसिटी पैदा गर्छ र यसले पानीमा रहेको हाइड्रोजनलाई स(साना कणमा रुपान्तरण गर्छ ।

    यसरी टुक्रा भएको हाईड्रोजन पाइप मार्फत् इन्जिनमा गएर इन्जिनलाई शक्ति प्रदान गर्छ । आफैंले बिकास गरेको यो वाइकमा रिकार्डो दैनिक गुड्ने गर्छन् । उनका अनुसार एक लिटर पानीले ५ सय किलोमिटरको यात्रा तय गर्न सकिन्छ ।

    यदी उनले बिकास गरेको यो प्रविधिलाई ब्यवसायिक रुपमा लैजाने हो भने वातावरण संरक्षण हुनुका साथै बढ्दो प्रदुषणलाई पनि कम गर्न सकिने देखिन्छ

    सम्बन्धित खवर