चितवन : चितवनमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्नगर सडक खण्डस्थित सिचाई गेट अगाडी सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । आज अपरान्ह पिकअप भ्यानले दुईवटा मोटरसाइकललाई ठक्कर दिदा एक जनाको घटना स्थलमा नै मृत्यु भएको र दुई जना घईते भएका हुन् । उनीहरुको पहिचान हुन सकेको छैन् ।
बा १० च ४६०० नम्बरको पिक भ्यानले ना ३८ प १२३९ र बा ८१ प ४०५६ नम्बरको दुई मोटरसाइकललाई ठक्कर दिएको हो । घाईत दुई जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
१३ वर्षीयासँग यौन सम्पर्क गर्दै सेल्फी लिने किशोर पक्राउ
१३ वर्षीया किशोरीसँग यौन सम्पर्क गरेपछि एक जना किशोर पक्राउ परेका छन् । बेलायती अलेक्जेन्डर कस्मिन टटारु नाम गरेका १९ वर्षका किशोरलाई १२ महिनाको जेल सजाय दिइएको डेली स्टारले जनाएको छ ।
किशोरीको नाम गोप्य राखिएको छ । किशोरले किशोरीलाई योर्क मिनिस्टरमा भेटेका थिए । भेटमा उनले किशोरीलाई आफ्नो घर जान आग्रह गरेको मुद्दा दायर गर्ने कानुन व्यवसायी इयान ब्रुकले बताएको उल्लेख गरिएको छ ।
टटारु रोमानियाका भएको बताइएको छ । किशोरले आफ्नो घरमा किशोरीसँग रात बिताएको र सोही क्रममा शारीरिक सम्पर्क गरेको स्वीकारेका छन् । बिहान उनीहरुले सेल्फी लिएका थिए । किशोरीलाई रेलभाडा ३० पाउन्ड किशोरले दिएका थिए ।
किशोरलाई किशोरावस्थाकी बालिकासँग यौन सम्पर्क गरेको अभियोग लगाइएको हो । उनी १३ वर्षकी रहेकी प्रहरीसामु उनले बताएकी थिइन् । उक्त किशोरी गरिब पारिवारिक पृष्ठभूमिकी थिइन् । उनी घरबाट भागेकी थिइन्, सोही क्रममा उनको किशोरसँग भेट भएको थियो । जेल परेपछि किशोरले रोमानिया फर्किन चाहेको बताएका छन् ।
मृतकको आधिकारिक संख्या सार्वजनिक गरिएको छैन। भिडिओ दृश्यमा विमान खसेको ठाउँमा भग्नावशेषबाट धुवाँ उडिरहेको देख्न सकिन्छ। टेलिभजन समाचार विवरणहरूका अनुसार
घटनास्थलमा १४ वटा एम्बुलेन्सहरू पुगेका छन्। रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा सेनाका प्रमुखले दुर्घटनाबारे छानबिन गर्न आदेश दिएका छन्।
अल्जेरियामा चार वर्षअघि पनि सैन्य सदस्यहरू तथा उनीहरूका परिवार बोकेको एउटा विमान खस्दा ७७ जनाको ज्यान गएको थियो।