तरकारीबालिको चलचित्रमा अभिनय यस्तो , तरकारी बोकेर हिट भएझै चलचित्रले गर्ला त फेरी पनि हिट ?

तरकारीबालिको चलचित्रमा अभिनय यस्तो , तरकारी बोकेर हिट भएझै चलचित्रले गर्ला त फेरी पनि हिट ?

  • , 2.6K जनाले हेर्नुभयो
  • 2.6K
    SHARES

  • तरकारीबालिको चलचित्रमा अभिनय यस्तो , तरकारी बोकेर हिट भएझै चलचित्रले गर्ला त फेरी पनि हिट ?

    तरकारीबालिको नामले पारीचित कुसुम अभिनित चलचित्र ‘लम्फू’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।
    बिहीवार राजधानीमा एक कार्यक्रमका बीच ज्योतिषको सल्लाह अनुसार दिउँसो ३ बजे सार्वजनिक गरिएको हो ।
    ट्रेलरमा रोदन, एक्सन, प्रेमलाई समेटिएको छ ।
    ट्रेलरमा नव-नायक कबिर खड्का, अभिनेत्री मरिश्का पोखरेलको प्रेममा उनी ‘दिवाना’ भएका छन् ।
    जसमा निक्कै चर्चित सलोन बस्नेतको मुख्य भूमिका रहेको छ ।
    गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’ मा चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित
    लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।
    ‘लम्फू’ लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।
    चलचित्रमा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको यस चलचित्रको सम्पादक हरि सिलवाल हुन् ।
    वर्ष २०७५ बैशाख २८ गतेबाट यो चलचित्र प्रदर्शनमा आउँदै छ ।

    सम्बन्धित खवर