अब यी घरेलु सामग्रीबाट सजिलै भाग्छन कक्रोच, हेर्नुहोस भिडियो !

अब यी घरेलु सामग्रीबाट सजिलै भाग्छन कक्रोच, हेर्नुहोस भिडियो !

  • , 4K जनाले हेर्नुभयो
  • 4K
    SHARES

  • अब यी घरेलु सामग्रीबाट सजिलै भाग्छन कक्रोच, हेर्नुहोस भिडियो !

    वर्षातको मौसममा घरमा ओसको मात्रा बढ्ने गर्छ, त्यसैले पनि यो कक्रोच (साङ्ग्ला)का लागि निकै अनुकुल मौसम हो । किचन र स्टोररुममा कर्कोचले हैरानै बनाउने गर्छ । बजारमा कर्कोच भगाउने कैयन उत्पादन पाइन्छन्, तर यस्ता रासायनिक औषधिहरुको प्रयोग मानव स्वास्थ्यका लागि पनि हानिकारक हुनसक्छ । अझै तपाईंको घरमा साना बच्चा छन् भने, रासायनिक औषधि होइन, घरेलु उपाय नै अपनाउनुस् । आज हामी तपाईंलाई कर्कोच भगाउने घरेलु उपाय सुझाउँदैछौं ।

    १. तेजपत्ताको प्रयोगः

    तेजपत्ताको गन्धसँग कर्कोच भाग्ने गर्छ । त्यसैले केही पत्ता कर्कोच धेरै बस्ने कुनामा राखिदिनुस् । यसको गन्धले कर्कोच आफैं भाग्ने गर्छ । तर, एउटै पत्ताले लामो समय काम नगर्ने भएकाले केही हप्ताको अन्तरमा त्यसलाई बदल्नु पर्छ ।

    २. सोडा र चीनी मिसाएर राख्नुस्

    एक कचौरामा बराबर मात्रामा सोडाको धुलो र चीनी मिसाएर कर्कोच धेरै बस्ने ठाउँमा राख्नुस् । चीनीको गुलियोले कर्कोचलाई आकर्षित गर्छ, त्यसलाई खाएपछि सोडाले मार्ने काम गर्छ । समय–समयमा यसलाई पनि परिवर्तन गरिराख्नु पर्छ ।

    ३. ल्वाङको गन्ध

    तेज गन्धवाला ल्वाङ पनि कर्कोच भगाउने उत्तम उपाय हो । कर्कोच धेरै लाग्ने ठाउँमा ल्वाङका केही टुक्रा अथवा धूलो राखिदिनुस् । यस उपायबाट कर्कोच भाग्छ

    ४. मट्टीतेलको प्रयोग

    मट्टीतेलको प्रयोगले पनि कर्कोच भगाउन सकिन्छ । तर, यो प्रज्वलनशील पदार्थ भएकाले प्रयोगमा निकै सजगता अपनाउनु जरुरी छ ।

    ५. रुमलाई ओशमुक्त राख्नुस्

    ओशिलो स्थान कर्कोचका लागि निकै अनुकुल मानिन्छ । त्यसैले तपाईंले आफ्नो कोठालाई ओशमुक्त राख्नु भयो भने पनि कर्कोचबाट केही हदसम्म मुक्ति मिल्छ ।

    यस्तै, साङ्ला मार्ने अझ भरपर्दो औषधी हो, ‘बोरिक एसिड’ पाउडर फ्रुटकेक वा पाउरोटीमा अलिकति दूध मिसाएर मिश्रण बनाउने । यसको सेवनबाट साङ्लाको कत्लेआम हुन्छ । बोरीक एसिड पाउडर जुनसुकै औसधि पसलमा पाउन सकिन्छ। 

    सम्बन्धित खवर