नम्रताले सिधै ‘रिजेक्ट’ गरिन् अनमोलको प्रेम प्रस्ताव

नम्रताले सिधै ‘रिजेक्ट’ गरिन् अनमोलको प्रेम प्रस्ताव

  • , 4.2K जनाले हेर्नुभयो
  • 4.2K
    SHARES

  • नम्रताले सिधै ‘रिजेक्ट’ गरिन् अनमोलको प्रेम प्रस्ताव

    काठमाडौँ । दिनेश राउतको निर्देशनमा फिल्म ‘प्रसाद’ बन्ने घोषणा भएको छ । नि.सन्तानका कारण पति र पत्निबीच आउने आरोह अवरोह उपर बन्ने यस फिल्मका मुख्य कलाकारमा अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता विपिन कार्की फाईनल भएका छन् ।

    सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको घोषणा गरेका हुन् । फिल्मलाई संचारकर्मी सुशील पौडेलले लेखेका हुन् । फिल्मले रुवाउने र नहसाउने भए पनि दर्शकलाई सोच्न बाध्य गराउने निर्देशक राउतले जनाए । कार्यक्रममा फिल्मबारे बोल्दै उनले भने ‘मलाई राम्रो अभिनय गर्ने कलाकार मन पर्ने भएकोले, मैले नम्रतालाई छानें’ ।

    अभिनेत्री नम्रताले भने आफ्नो अर्को फिल्म कायराको सुटिंगसकिए लगतै यस फिल्मका लागि समय जुटाउने बताईन् । एक अन्तर्वार्तामा अनमोलले बिबाह गर्नका लागि नम्रता रोजेको कुरालाई जोड्दै संचारकर्मीले कार्यक्रममा नम्रतालाई सोधे ‘अनमोलको त्यस किसिमको प्रस्तावमा के छ प्रतिक्रिया रु हाँस्दै उनले भनिन् ‘म के भनुम अब, इट्स ओके।

    बैसाख अन्तिमदेखि छायांकनमा जाने यस फिल्ममा विपिन र नम्रतासंगै नविन मानन्धरको पनि मुख्य अभिनय रहनेछ । सुभाष थापाको लगानीमा बन्ने यस फिल्ममा कोशिष क्षेत्री र सुवास भुसालको संगीत रहने छ । फिल्म एशोसियट डाईरेक्टर विकाश सुवेदी हुन् भने दिनेश बहादुर मुख्य सहायक निर्देशक । यस अघि निर्देशक राउत र अभिनेत्री श्रेष्ठले भने तीन फिल्ममा संगै काम गरिसकेका छन्

    सम्बन्धित खवर