बझाङमा भयो चमत्कार, बिश्वास नलाग्न सक्छ.…फोटोमा क्लिक गरेर हेर्नुहाेला

बझाङमा भयो चमत्कार, बिश्वास नलाग्न सक्छ.…फोटोमा क्लिक गरेर हेर्नुहाेला

  • , 7.3K जनाले हेर्नुभयो
  • 7.3K
    SHARES

  • बझाङमा भयो चमत्कार, बिश्वास नलाग्न सक्छ.…फोटोमा क्लिक गरेर हेर्नुहाेला

    गाना वादीका तीन वर्षीय छोरा विराज वादीले पुस २२ गते शनिबार राती एक्कासि सास फेर्न छोडे । गानाले राती २ बजेको समयमा दुध दिँदा बालकले दुध खाएनन् । सँधै १ बजे राती बच्चा कराएपछि दुध दिने गरेकी गानाले राती २ बजेसम्म पनि बालक नरोएपछि आफैले दुध दिन खोजिन् । काखैमा सुतेका छोरालाई दुध खुवाउन खोज्दा छोराले सास फेरे नफेरेको छुट्याउन सकिनन् ।शरीर पुरै चिसो थियो । गानाले छोरा मरिसकेको ठानिन् । रुवाबासी गर्न थालिन् ।

    उनी रोएको सुनेपछि छिमेकीहरू जम्मा हुन थाले । विराज बेहोस अवस्थामा थिए । छिमेकीहरूले पनि बालकको मृत्यु नै भएको अड्कल काटे ।तर छिमेकी राधा वादीले बालकलाई राम्रोसँग हेरिन् र काखका लिईन् । बालकले मुखबाट अलिअलि सास लिए जस्तो राधालाई लाग्यो । अनि उनले जतिसक्दो चाँडो आगो बाल्न भनिन् । हतार–हतारमा आगो बालियो । अनि त्यही आगोले बालकलाई सेके ९तताए० । केही मिनेटमै विराजले खुट्टा चलाए । गानाले हर्षका आँसु खसाइन् । छिमेकी पनि सबै खुसी भए । राधालाई धन्यवाद दिए ।

    मरिसक्यो भनिएको छोरा जीवित भएपछि अहिले गानाले आफूले लगाउँने गरेको धोतीमा बेरेर छोरालाई न्यानो बनाउने कोसिस त गरेकी छन् । तर टिनले छाएको टहराको छानोबाट रातभर शरीरमै तपतप शीत चुहिन्छ । गानालाई आफू समेत कुन दिन कठ्याङ्ग्रिएर मर्छु भन्ने चिन्ताले सताइरहेको छ । आफू भन्दा पनि छोरा बचोस् भन्ने चाहानाले रातभर जाग्राम बस्ने गरेको उनले दुखेसो पोखिन् ।

    बझाङ सदरमुकाम चैनपुर र थलारास्थित टिनले छाएका स–साना टहराको वादी बस्तीमा रातको समयमा रुवाबासी नचलेको दिन हुदैन । चैनपुर र थलारा गाउपालिकाको खोलीमा बसोबास रहेका वादी बस्तीमा चिसो सुरु भएसँगै यो आपत् आइलागेको हो ।

    गरिवी, अशिक्षा र विपन्नताका कारण वादी समुदायलाई हिउँदको यो कठ्याङ्ग्रिने चिसो शत्रुका रुपमा आएको छ । एकसरो लुगा र पेटभरी खानेकुराको अभावमा उनीहरूलाई जाडो छल्न अत्यन्तै मुस्किल छ ।
    स्रोत:लाइट नेपाल

    यो पनि पढ्नुहोस :

    १० कक्षा समेत पास नगरेका प्रधानमन्त्री अाेलीले भारतमा पीएचडी उपाधि पाउदै: (हेर्नुहोस्)
    एसएलसी समेत पास नगरेका प्रधानमन्त्री केपी शर्मा अाेलीले भारत भ्रमणका क्रममा मानार्थ पीएचडी विद्यावारिधि)काे उपाधि पाउने भएका छन् ।
    दाेस्राे पटक प्रधानमन्त्री बनेपछि यही चैत २३ गतेदेखि भारत भ्रमण गर्ने क्रममा उनले उत्तराखण्डस्थित पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि एवं प्रौधोगिक विश्वविद्यालयबाट पीएचडीको उपाधी पाउने भएका हुन् ।

    भ्रमणका क्रममा चैत २५ गते आइतबार विश्वविद्यालयमा हुने दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीलाई ‘डाक्टर’ को मानार्थ उपाधि दिइने विश्वविद्यालयले जनाएको छ ।यसअघि प्रधानमन्त्री ओलीले भ्रमणबारे नेपालको संसदमा जानकारी गराउँदा उक्त विश्वविद्यालयको चर्चा गरेका थिए । कृषि क्रान्तिमा महत्वपूर्ण योगदान दिएको भन्दै उक्त विश्वविद्यालयबाट नेपालीहरुले सिक्नुपर्ने धेरै कुरा रहेको बताएका थिए । प्रधानमन्त्री ओलीको औपचारिक शिक्षाबारे चासो बढिरहेकै बेला उनलाई मानार्थ डाक्टरको उपाधी दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    यो पनि पढ्नुहोस् :

    जनतालाई लोडसेडिङमा राख्ने काफ्ले चुनाव लड्दै

    काठमाडौं- नेपाली प्रजातान्त्रिक ईन्जिनियर्सहरुको छाता संगठन ‘सेन्टर फर डेमोक्र्याटिक ईन्जिनियर्स नेपाल'(सिडेन)को पाँचौ कार्यकारिणी समितीको निर्वाचन चैत्र २३, २०७४ शनिवार ललितपुरमा हुने भएको छ। उक्त निर्वाचनले नयाँ नेतृत्वको चयन गर्नेछ।

    निर्वाचनमा शंकर प्रसाद पण्डित र मुकेश काफ्लेले अध्यक्ष पदकालागि उम्मेद्वारी दिएका छन्। त्यसैगरि महासचिव पदकालागि बिनोद प्रकाश पण्डित र गोरखराज जोशीले आफ्नो उम्मेद्वारी दिएका छन्। नयाँ कार्य समितीकालागि हुने निर्वाचनले पाँच पदाधिकारी र दश कार्य समिती सदस्य चयन गर्नेछ। महासचिवका प्रत्यासी बिनोद प्रकाश पण्डित अध्यक्ष उम्मेद्वार शंकर पण्डित प्यानलका हुन्।

    अध्यक्षमा शंकर प्रसाद पण्डितले उम्मेद्वारी दिएका छन्। अध्यक्ष पदका प्रत्यासी पण्डितले आफुले जितेको खण्डमा ईन्जिनियर पेशालाई ब्यवसायीक, ब्यवहारीक र मर्यादित बनाउनकालागि काम गर्ने बताएका छन।

    पण्डित स्थानीय पुर्वाधार बिकास तथा कृषी सडक बिभाग (डोलीडार)मा बिगत २२ बर्ष देखि कार्यरत छन्। हाल उनी डोलिडार अन्तर्गतको राष्ट्रिय ग्रामिण यातायात सुधृढिकरण कार्यक्रमको परियोजना संयोजकका रुपमा कार्यरत रहेका छन्।

    बिगत ५ बर्षमा पण्डितको संयोजक्त्वमा १ हजार किमी भन्दा बढी सडक र ३० भन्दा बढी नयाँ पक्की पुलको निर्माण सम्पन्न भएको छ। उक्त परियोजना नेपालको सफल परियोजनाका रुपमा चिनिन्छ ।

    अर्का अध्यक्षका प्रत्यासी मुकेश राज काफ्लेले नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक भएर काम गरिसकेका छन्। काफ्ले कुलमान घिसिङ भन्दा अगाडीका कार्यकारी निर्देशक हुन्। पछिल्लो समयमा लोडसेडीङका बारेका समाचारहरुले उनलाई बिवादमा तानेको छ।

    छरिएर रहेका लोकतान्त्रिक ईन्जिनियरहरुलाई गोलबद्द गरि लोकतन्त्रलाई प्रविधी र बिकास मार्फत दिगो र बलियो बनाउने कार्यमा सिडेन लागिरहेको र लागिरहने पुर्व महासचिव कमल कार्कीले जानकारी दिए।

    नयाँ परिस्थितीमा सरकारलाई सहभागितामुलक तथा दिगो बिकासका अभियान संचालन गर्न सहयोग गर्ने एवं गुणस्तरीय ईन्जिनियरिङ शिक्षा प्रदान गर्ने ब्यवस्था मिलाउन आग्रह गर्ने अध्यक्षका प्रत्यासी पण्डितले बताए।

    देश संघियतामा प्रवेश गरेको नयाँ परिस्थितीमा ब्यवस्थित र ब्यवसायीक रुपमा ईन्जिनियर्सहरुको सहभागीता गराउँदै देशको समग्र बिकासमा सहयोग गर्न सिडेन प्रतिबद्ध रहेको कार्कीले बताए।

    सम्बन्धित खवर