काठमाडौं । कुलेश्वरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना महिला पक्राउ परेका छन् ।विष्णुमाया नेपालीको घरमा जुवातास खेलिरहेका नेपाली सहित ८ जना महिलालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनिहरुको साथबाट प्रहरीले नगद ४४ हजार २ सय ४५ रुपैयाँ र १ बुक तास बरामत गरेको छ ।
नियमित जुवा खेलाइने गरेको सूचनाका आधारमा प्रहरीले सो घरमा छापा हानेको थियो ।पक्राउ परेका महिलाहरु पेसेवर जुवाडेहरु भएको र उनिहरुमध्ये केही महिलाहरुको श्रीमान विदेशमा रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय बलात्कारको घटना दिनानुदिन बढ्दै आईरहेका छन्, समचार बाहिरिन्छन बलात्कारी समातिन्छन् अनि विना कुनै कारवाही छोडिन्छ | विशेष गरी हाम्रो छिमेकी मुलुक भारतमा भने यस्तो घटना बारम्बार घट्ने गरेको छ |
भारतको राजस्थानको जोधपुर सहरमा एक दलित महिला माथि सामुहिक बलात्कार भएको छ | घरमा सुतिरहेको अवस्थामा तिन जनाको समुहले उनलाई आक्रमण गरी पालैपालो बलात्कार गरेको भिडियो सिसिटिभी फुटेजमा देख्न सकिछ |
मोटरसाइकल साइकल बाट आएका ति तीन युवकले घरको बाहिर सुतिरहेकी महिलालाई सामुहिक बलात्कार गरेको र तिनै जना फरार रहेको कुरा उनका पतिले प्रहरीमा मुद्दा दर्ता गरेका छन् |जोधपुर,प्रतापनगर थानाका प्रहरीहरुका अनुसार अपराधीको खोजतलास भैईरहेको छ |
यो सिसिटिभी फुटेज हेर्नुहोस जहाँ युवतीको सामुहिक बलात्कार भैरहेको छ |