भर्खरै प्रधानमन्त्री ओली ले भारत बाटै गरे अर्को ठुलो घोषणा

भर्खरै प्रधानमन्त्री ओली ले भारत बाटै गरे अर्को ठुलो घोषणा

  • , 3.2K जनाले हेर्नुभयो
  • 3.2K
    SHARES

  • भर्खरै प्रधानमन्त्री ओली ले भारत बाटै गरे अर्को ठुलो घोषणा

    चैत २३ – नेपाली दूतावासमा नेपाली समुदायसँग भेटवार्ता गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कने वातावारण अहिलेको सरकारले बनाउने दावी गर्नुभयो ।

    स्वदेशमा नै रोजगारीका अवसर पाइने भएकाले कोहि नेपालीले पनि विदेशमा पसिना बगाउनु नपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री ओली अहिले नेपाली दूतावासले आयोजना गरिरहेको रात्रीभोजमा पनि सहभागी हुनुहुन्छ  ।

    रात्रीभोजमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेताका साथै कुटनीतिज्ञ र पत्रकारलाई आमन्त्रित गरिएकोे छ । भारतीय समकक्षी मोदी र ओलीबीच औपचारिक भेटवार्ता भोलि हुने भए पनि अहिले नेपाली दूतावासमा पनि उहाँहरुबीच भेटवार्ता हुने छ ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा अाेलीले भारतीय व्यापारीहरुसँगकाे अन्तरक्रियामा ढुक्क भएर नेपालमा लगानी गर्न अाग्रह गर्नुभएकाे थियाे ।

    सम्बन्धित खवर