यस्ता पनि प्रधानमन्त्री ओलीको भारत भ्रमणको टोलीमा,जसको हर्कत रिपोर्टर कम सेलिब्रेटी ज्यादा !

यस्ता पनि प्रधानमन्त्री ओलीको भारत भ्रमणको टोलीमा,जसको हर्कत रिपोर्टर कम सेलिब्रेटी ज्यादा !

  • , 5.8K जनाले हेर्नुभयो
  • 5.8K
    SHARES

  • यस्ता पनि प्रधानमन्त्री ओलीको भारत भ्रमणको टोलीमा,जसको हर्कत रिपोर्टर कम सेलिब्रेटी ज्यादा !

    नयाँ दिल्ली, २३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमण आजबाट सुरु भएको छ । ओलीको दिल्ली अवतरणसँगै भ्रमण दलमा सहभागी एक जना पत्रकारको विषयले अहिले खुबै चर्चा पाएको छ । उनी हुन् एनटिभीकी शिवानी थापा । उनको चर्चा हुनु स्वभाविक हो । भ्रमण दलमा एनटिभीले आफ्नो तर्फबाट नाम नै सिफारिश नगर्दा पनि उनी माथिको पहुँचबाट समावेश हुन सफल भएकी हुन् । अहिले उक्त झमेला दिल्लीसम्म पुगेको छ ।

    प्रसँग रोचक छ । प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएसँगै सरकारी मिडियाबाट भ्रमणमा प्रतिनिधित्व गर्ने पत्रकारको नाम माँगिएको थियो । सोही अनुरुप एनटिभी, गोरखापत्र संस्थान, रासस र रेडियो नेपालबाट नाम सरकारलाई बुझाईयो । तर, एनटिभीको प्रसँगमा भने नाम नै सिफारिश नगरिएको पात्रले प्रवेश पाएपछि टिभीभित्रै हल्लीखल्ली मच्चिएको थियो ।

    कारण थियो सिफारिश गरिएका पत्रकार निराजन खनालको सट्टा थापाको शानदार ईन्ट्री । हुन पनि यसबारेमा एनटिभीले चासो राख्नु स्वभाविक हो । आफूले सिफारिश नै नगरेको पत्रकारको नाम कसरी पर्यो ? भन्नेबारे अहिलेसम्म एनटिभी अनुत्तरित छ । एनटिभीका प्रतिनिधिहरुले सरकारसमक्ष जिज्ञासा समेत राखेका थिए । तर सरकारको उत्तर थियो–माथिको आदेश ।

    सूत्रहरुले दिएको जानकारी अनुसार थापाले एनटिभीको तर्फबाट प्रधानमन्त्रीस्तरीय विदेश भ्रमणमा आफ्नो पकड लगातार जमाईरहेकी छिन् । र, त उनी हरेक प्रधानमन्त्रीको विदेश भ्रमणमा सहभागी भैरहन्छिन् । निराजन खनालको नाम किन हटाईयो भनेर सोधीखोज्दा गर्दा थाहा भयो कि खनालको सट्टामा थापाको नाम परराष्ट मन्त्रालयबाट हालिएको रैछ । परराष्ट्रले पनि आफ्नो विवेकले थापाको नाम समावेश गरेको भने रैनछ । उसले पनि माथिको आदेश अनुसार नै नाम समावेश गरेको खुल्न आयो । तर, अहिलेसम्म त्यो माथि भनेको के हो भन्ने कुरा खुल्न आएको छैन् ।

    उनलाई पत्रकारितामा सुन्दरीको महारानी भन्नेहरु पनि छन् । चार वटा प्रधानमन्त्रीको भारत भ्रमण हुँदा उनी लगातार सहभागी थिईन् । त्यतिमात्रै होईन, यसअघि प्रधानमन्त्री हुँदा केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण हुँदा पनि उनी नै सहभागी थिईन् ।

    त्यही भएर होला, अहिले दिल्लीमा पनि उनको पहुँच र हैसियतबारे चर्चा भैरहेको छ । समाचार संकलनको लागि एनटिभीकी प्रतिनिधित्व गरेर प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी उनी भ्रमणको समाचार संकलनभन्दा सेलिब्रेटीको अवतारमा उत्रिएकी कुरा विमानस्थलको तस्विरमा देखिन्थ्यो ।

    उनी भ्रमण दलमा सरिक महानायक राजेश हमालसँग हात हल्लाउँदै मस्किएको प्रशस्त देख्न पाईन्थ्यो । अरु पत्रकारलाई समाचार संकलनमा हतारो हुँदा उनलाई भने सेलीब्रेटीको एक्सप्रेसनमा आफ्नो जेस्चर दिन भ्याईनभ्याई नै थियो । भन्नेहरुले अहिले कानेखुशी गर्न समेत भ्याएका छन कि उनी त यतिवेला सपिंग लिष्ट बनाउँदैछिन् । दिल्लीमा पनि उनका घनिष्ठ साथी छन् ।

    स्रोत:reportersnepal बाट

    सम्बन्धित खवर