धुर्मुसलको क्रिकेट मैदान बनाउने सपना अधुरो हुन् सक्कने, सरकारले मैदान बनाउन नदिने

धुर्मुसलको क्रिकेट मैदान बनाउने सपना अधुरो हुन् सक्कने, सरकारले मैदान बनाउन नदिने

  • , 3.2K जनाले हेर्नुभयो
  • 3.2K
    SHARES

  • धुर्मुसलको क्रिकेट मैदान बनाउने सपना अधुरो हुन् सक्कने, सरकारले मैदान बनाउन नदिने

    सरकारले मुलपानी क्रिकेट मैदान धुर्मुस सुन्तली फाउण्डेसनलाइ बनाउन नदिने भएको छ । सरकारले उक्त क्रिकेट मैदान आफैं बनाउने भन्दै धुर्मुस सुन्तली फाउण्डेसनलाई रंगसाला बनाउन अन्यत्र जान प्रस्ताव गरेको हो । कलाकार सिताराम कट्टेल धुर्मुसले क्रिकेट रंगशाला बनाउने घोषणा गर्दै मुलपानी, चितवनसहितका स्थानमा जग्गा हेरेका छन् । फाउण्डेसनका पदाधिकारीहरुले खेलकुदमन्त्री जगत विश्वकर्मालाई भेटेर प्रपोजल पनि बुझाएका छन् ।

    युवा तथा खेलकुद मन्त्रालयले मुलपानीको रंगशाला आफैं बनाउने बताएको छ । सरकारले रंगशाला निर्माणमा जुटेका धुर्मुसलाई पोखरामा क्रिकेट रंगशाला बनाउन प्रस्ताव गरेको छ । ‘डेढ वर्षमा रंगशाला बनाइसक्ने भए अन्तराष्ट्रिय विमानस्थल भएको ठाउँमा बनाउँदा राम्रो हुन्छ भन्दै उनलाई पोखरा जान सुझाव दिइएको बताइएको छ ।

    सरकारी प्रस्तावअनुसार जग्गा हेर्न धुर्मुस सुन्तली फाउण्डेसनका पदाधिकारीहरु पोखरा जाने तयारीमा छन् । पोखरामा क्रिकेट मैदान भएपनि रंगशाला बन्न सकेको छैन । पोखरा खेलकुदमन्त्री विश्वकर्माको गाउँ पनि हो ।

    धुर्मुसलाई पोखरा जान प्रस्ताव

    सरकारले रंगशाला निर्माणमा जुटेका धुर्मुसलाई पोखरामा क्रिकेट रंगशाला बनाउन प्रस्ताव गरेको छ ।

    ‘डेढ वर्षमा रंगशाला बनाइसक्ने भए अन्तराष्ट्रिय विमानस्थल भएको ठाउँमा बनाउँदा राम्रो हुन्छ’ सचिव दहालले भने, ‘हामीले पोखरामा जान प्रस्ताव गरेका छौं ।’

    नभए काठमाडौंमा नै अर्को कुनै ठाउँमा क्रिकेट रंगशाला बनाउन प्रस्ताव गरेको छ ।

    सरकारी प्रस्तावअनुसार जग्गा हेर्न धुर्मुस सुन्तली फाउण्डेसनका पदाधिकारीहरु पोखरा जाने तयारीमा छन् । पोखरामा क्रिकेट मैदान भएपनि रंगशाला बन्न सकेको छैन । पोखरा खेलकुदमन्त्री विश्वकर्माको गाउँ पनि हो ।

    सम्बन्धित खवर