वीस वर्ष पुरानो कालो हरिण शिकारको मुद्दामा भारतको जोधपुर अदालतले बिहीवार फैसला गर्ने सम्भावना रहेको छ । बलिउड स्टारहरु सलमान खान, सेफ अलि खान, नीलम, तब्बु र सोनाली बेन्द्रे यो मुद्दामा मुछिएका छन् । बुधवार पेसीका लागि सबै कलाकार अदालतमा उपस्थित भएका थिए ।
सन १९९८ मा चलचित्र ‘हम साथ साथ है’ को सुटिङको सिलसिलामा राजस्थानमा सलमान खान र उनको समुहले कालो हरिण शिकार गरेको अभियोग छ । सलमानबिरुद्ध आर्म एक्ट अनुसार मुद्दा दर्ता भएको थियो ।
यहि सन्दर्भमा सलमानलाई चारवटा अभियोग लागेको थियो । तीन हरिण शिकार र अर्को लाइसेन्स नभएको पेस्तोल बोकेको । हरिण शिकार अभियोगमा सलमान १८ दिन प्रहरी र न्यायिक हिरासतमा बसेका छन् । वाइल्ड लाईफ एक्टको धारा १४९ अनुसार कालो हरिण शिकारको अभियोगमा ७ वर्षसम्म जेल सजाय हुन सक्छ ।
सबार:onlinekhabarबाट