धरानका युवाले कलेज पढ्ने १७ वर्षीया युवतीलाई म्यासेज पठाएपछि…, प्रहरीले मिलेमतोमा ल्याप्चे लगाइएको खुलासा

धरानका युवाले कलेज पढ्ने १७ वर्षीया युवतीलाई म्यासेज पठाएपछि…, प्रहरीले मिलेमतोमा ल्याप्चे लगाइएको खुलासा

  • , 4.6K जनाले हेर्नुभयो
  • 4.6K
    SHARES

  • धरानका युवाले कलेज पढ्ने १७ वर्षीया युवतीलाई म्यासेज पठाएपछि…, प्रहरीले मिलेमतोमा ल्याप्चे लगाइएको खुलासा

    धरानः धरानस्थित एक कलेज पढ्ने १७ वर्षीया युवतीलाई एक विवाहित युवाले म्यासेज पठाएर रिसिभ नगरेपछि ‘लफडा’ सुरु भएको छ ।
    धरान–६ स्कुलडाँडा पानमाराकी विश्वकर्मा थरकी युवतीलाई छिमेकी युवा भुपाल भनिने कृष्णकुमार राईले म्यासेज पठाउने गर्दथे । राईले अनावश्यक फोन गर्ने र म्यासेज गरेर सताउँदै आएको र भुपालकी श्रीमती लक्ष्मी राईले गालीगौलज तथा हुलहुज्जल गर्न थालेपछि ती युवतीले विष सेवन गरेकी थिइन् । भुपालकी श्रीमतीले समेत धम्की दिँदै आएको पत्रकार सम्मेलनमा जनाइयो । भुपालले किन म्यासेजको रिप्लाइ नगरेको, फोन किन नउठाएको, म्यासेजको जवाफ खोइ भन्दै दबाव दिने अनि श्रीमती लक्ष्मीले मेरो बुढोसँग किन लागिस् भन्दै मारिदिने धम्की दिने गरेकी थिइन् । भुपालकी श्रीमती पानमारामै रहेको एभरेष्ट बोर्डिङमा कार्यरत् छिन् ।
    फागुन २३ गते उनले विष सेवन गरेकी थिइन् । परिवारले उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरेका थिए । त्यहाँ पनि उपचार सम्भव नभएपछि उनको विराटनगरस्थित ग्रिन क्रस अस्पतालमा उपचार गरी हाल डिस्चार्ज भएको पीडितका बाबु विनोद विश्वकर्माले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
    बीपी प्रतिष्ठानमै उपचाररत रहँदा पीडित युवती अचेत अवस्थामै रहँदा साथै परिवारका सदस्य औषधि किन्न बाहिर रहेको समयमा प्रहरीले ‘कसैको करकापमा नपरी आप्mनै राजीखुशीले विष सेवन गरेको हुँ’ भन्दै प्रहरी आफैले दायाँबायाँ ल्याप्चे हान्न लगाएको उनको कथन छ ।

    युवतीले विष सेवन गरेपछि भुपालकी श्रीमतीले लेखेको फेसबुक स्टाटस देखाउँदै पीडितका परिवार ।

    फागुन २४ गते इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिँदा प्रहरीले विष सेवन गरेको र झुन्डिएर मरेको कानुन लाग्दैन भनेर फर्काइदिएको उनको भनाइ छ । प्रहरी प्रशासन आप्mनै मुठीमा रहेको र अब झन् जे पनि हुन सक्ने भन्दै धाकधम्की दिन थालेपछि धरान–६ का वडाध्यक्ष भुवनसिंह बस्नेतसहितका विभिन्न व्यक्तिहरु लिएर सुरक्षाको लागि इप्रका पुग्दा इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले केटीले स्वेच्छाले विष सेवन गरेको बयान दिइसकेकोले भुपाल र लक्ष्मीलाई मुद्दा लाग्न नसक्ने बरु गाउँमै औषधि उपचार खर्च दिलाउनु भनेर पठाएका थिए ।
    सोही बेला धरान–१८ का वडाध्यक्ष प्रविन र कांग्रेसकै पर्वत राईसमेतले औषधि उपचार खर्च मिलाउला ठूलो मुद्दा नबनाउनु भन्दै आलटाल गरेको उनीहरुको कथन छ । उनीहरुले प्रहरीकै मिलेमतोमा घटना ढाकछोप गर्ने गरेको खुलासा पनि गरे ।
    ‘इप्रका धरानका डिएसपी पौडेल, निज भुपाल र उनकी श्रीमती लक्ष्मी राईसँग आर्थिक सम्बन्धको चलखेल भएको अनुमान गर्न कुनै अप्ठ्यारो महसुस गर्नु पर्दैन, किनकी घटना भएको लगत्तै प्रहरीले हामीसँग सोधपुछ गर्न, हामी नभएको मौका छोपेर बेहोस अवस्थामा छोरीले बोल्दै नबोलेको कुरा बयानमा लेखी सही गर्न जान्दा जान्दै ल्याप्चे हान्न लगाउनु, त्यसपछि हाम्रो मुद्दा दर्ता नगर्नु, पटक पटक उजुरी दर्ता गर्न जाँदा समेत बेवास्ता गर्नु र अन्त्यमा मात्रै उजुर िलिनु, कहिले उजुरी दर्ता भएको छैन, मिल्दैन भन्नु त कहिले जिल्ला अदालतमा भुपाल र लक्ष्मीविरुद्ध मुद्दा दर्ता भइसकेको छ, अहिले मैले फरारको सूचीमा राखिदिएको छु, केही पैसा लिनु होला भन्नु, दुई घण्टाभित्र थुनिदिन्छु तर खर्च पाउनुहुन्न भन्ने डिएसपी पौडेलको धुत पोलेसी हामीले नबुझेको छैनौं तर यस्ता प्रशासकबाट हामीले न्याय नपाउनु, स्थानीय जनप्रतिनिधिसमेत हामीले कोसिस ग¥यौं तर भुपालले हामीलाई पत्याएन, अब कानुनी बाटोमा जानुहोस् भन्ने कुराले छर्लङ्ग हुन्छ’, जारी विज्ञप्तिमा भनिएको छ ।

    उनीहरुले भुपाल र श्रीमती लक्ष्मीलाई तत्काल पक्राउ गरियोस्, बेहोस अवस्थामा प्रहरीले बालिकाको हात पक्रेर लगाएको ल्याप्चे बदर गर्दै सो बयान खारेज गरियोस् र नयाँ बयान लिइयोस्, ३५ दिने अदालती म्याद कटाई फरारको संज्ञा दिँदै राईसँग मिलेमतो गर्ने डिएसपी पौडेलमाथि छानविन गर्न नेपाल प्रहरीको माथिल्लो निकायले ध्यान दिइयोस्, अनैतिक सम्बन्ध राख्न खोजी र जातीय गालीगौलज गर्दै मर्न दबाव दिने र मारिदिन्छु भनी धम्की दिने अभियुक्त राईद्वयलाई हदैसम्म कारवाही गरियोस्, पीडित बालिकाको उपचारमा लागेको खर्च उपलब्ध गराइयोस् लगायतका विज्ञप्तिमा माग राखेका छन् ।

    सम्बन्धित खवर