यस्ता बा आमाकी एक मात्र साहारा छोरीलाई बलात्कार गरेर मार्ने पुलिसलाई दुर्घटना मात्रको केस लगाएर छुटकारा दिइदै,

यस्ता बा आमाकी एक मात्र साहारा छोरीलाई बलात्कार गरेर मार्ने पुलिसलाई दुर्घटना मात्रको केस लगाएर छुटकारा दिइदै,

  • , 3.1K जनाले हेर्नुभयो
  • 3.1K
    SHARES

  • यस्ता बा आमाकी एक मात्र साहारा छोरीलाई बलात्कार गरेर मार्ने पुलिसलाई दुर्घटना मात्रको केस लगाएर छुटकारा दिइदै,

    सुर्खेत-परिवारमा उच्च शिक्षा त परै हो, आठ पाससम्म गरेका कोही थिएनन् । छोरीले लगनशील भएर आठ कक्षा पास गरेपछि रोकाय परिवारमा खुशीको सिमा नै थिएन।छोरी पढेलेखेकी भएकाले परिवारको सबै जिम्मेवारी गोरीकलालाई थियोे । पौढ शिक्षासमेत नपढेका गोरीकलाका बुवाआमा कान्छी छोरी एसईई दिन पाउने भएपछि निकै खुशी थिए ।

    सामान्य जीविकोपार्जनका लागि कृषि गर्ने परिवारले ऋण जोहो गरेरै भए पनि १२ कक्षासम्म पढाउने सोचमा थिए । गोरीकला परिवारमा धेरै पढेकी मात्रै थिइनन्, ७० वर्षे बुवा काले रोकाय र ६० वर्षे आमा गामदेवी रोकायकी सहारा बनेकी थिइन् । ‘परिवारकै भरोसा कान्छी छोरी माथि थियो’ गोरीकलाका बुवा काले रोकायले भने, ‘छोराछोरीमध्ये ध्यान दिएर पढेकी थिई, सबै खुशी थियौँ । तर, शत्रुको नजर लाग्यो । छोरी पढेर ठुलो मान्छे बनेको हेर्ने धोको हुरीले उडायो ।’

    कालेका जेठा छोरा पूर्व रोकाय र कान्छा छोरा लालु रोकाय जन्मजातै बोल्न सक्दैनन्। दुवै भाइ फरक क्षमता (अपाङ्ग) छन् । विगत दुई वर्षदेखि माइलो छोरा रामबहादुर रोकाय श्रीमतीसहित भारत पसेका थिए। दिदीहरुको बिहे भइसकेको छ।

    गाउँमा कामकाज नहुने भएपछि रामबहादुर रोजगारीका लागि भारत पसेका हुन्। काम गर्न सक्ने रामबहादुर (माइलो दाइ) भारत गएपछि परिवारको जिम्मेवारी गोरीकलाको काँधमा थियो । गोरीकला समाजमा मिलनसार मात्रै थिइन्, बाबु–आमाकै बुढेशकालकी सहारा थिइन्।

    दिउँसो विद्यालय जाने गोरीकला बिहान–साँझ घरमा परिवारकै काममा ध्यान दिन्थिन्। ‘घर भित्रको काम आमाले गर्थी ।’ छोरीको सम्झनामा शोकाकुल हुँदै कालेले भने, ‘घरबाहिरको कामकाज उसकै जिम्मा हुन्थ्यो । हाम्रो परिवारको टेक्ने खुट्टा नै गोरीकला थिई । हामी अब बेसाहारा भयौँ ।’

    एसईई परीक्षा पास भएपछि घरखेत बेचेरै गोरीकलालाई उच्च शिक्षा पठाउने धोको थियो, कालेको । सन्तानमा परिवारकै शिक्षित छोरी भएकाले गोरीकलालाई कुनै अभाव हुन दिएका थिएनन् उनले । आठ कक्षादेखि नै ऋणको जोहो गरेरै ट्युसनसमेत पठाएका थिए ।

    कालेले गोरीकला एसईई दिन जानेभनेपछि एक हजार पाँच सय रुपैयाँ ऋण झिकेका थिए । ‘हजार रुपैयाँ कोठाभाडा दिनु, पाँच सय अरु खर्च चाहिएला भनेर घरबाट पठाएको थिए ।’ उनले भने, ‘टिउसन पढाउँदाको ऋणमाथि छोरीको पीडा सही सक्नु छैन् । सुनाउ त गरिबका बेथा कसले सुनिदिन्छ र ?’

    खेतीले जीविकोपार्जन गरेको परिवारमा वर्षभरि लगाएको खेतीले चार महिना मात्रै पुग्छ । बाँकी आठ महिना किनेरै पेट पाल्छन् । ‘ऋण सापट गरेरै पेट पाल्छौँ’ उनले भने, ‘कमाइदिने माईलो (रामबहादुर) हो, उही पनि दुई वर्षदेखि जहान (परिवार) लिएर भारत गएको हो । शुक्रबार आइपुग्यो ।’

    परीक्षा दिन गएकी छोरी मृत भेटिएपछि काले र गामदेवी मात्रै होइनन् आफन्तका समेत आँखा ओभाना छैनन् । परिवारकै शिक्षित छोरी गुमाएका आफन्तहरु न्यायको प्रतिक्षामा छन् । ‘बुढेसकालमा लालनपालन गर्ने भनेकै गोरीकला थिइन्, रातादिन रोएरै बित्छ’ आमा गमादेवीले भनिन्, ‘हामी गरिवका आँसुले कहिले न्याय पाउँछन् ?छोरीको आत्माले कहिले शान्ति पाउँछ ?’ गोरीकलाको मृत भेटिएपछि रुन थालेको परिवार न्यायको प्रतिक्षामा छन् ।

    महिलामा आक्रोश, छात्रामा त्रास ‘हत्याको दोषीलाई कडा कारवाही होस्, दोषीलाई उन्मुक्ति दिए हामी ज्यान दिन तयार छौं । कुनैपनि हालतमा हत्यारालाई छाड्दैनौं ।’ एसईई परीक्षामा सहभागी गोरीकला मृत भेटिएपछि आक्रोशित बनेकी स्थानीय गीता बोहराले भनिन्, ‘ज्यानको बदला ज्यान लिने कानुन हुनुपर्छ । नत्र, हामी सुरक्षित छैनौं ।’

    सुरक्षाका लागि खटिएका ट्राफिक प्रहरी नै हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेपछि न्याय नपाइने हो कि भन्ने शंका पलाएको उनी बताउँछिन् । ‘आज गोरीकलाको हत्या भयो, हत्यारा–हत्यारा नै हुन् । भोलि हामी पनि पर्न सक्छौं ।’ आक्रोश पोख्दै उनी भनिन्, ‘मोटरसाईकलबाट लडि भनिएको छ रे ।

    सवारी दुर्घटनाको मुद्दा बनाउने प्रयार प्रहरीबाट नहोस् ।’ गोरीकलाको हत्या भएपछि स्तब्ध बनेको साल्कोटमा न्याय नपाईने हो कि भन्ने आशंकाले दैनिकजसो महिलाहरु प्रदर्शन गर्न थालेका छन् । महिलाहरु माथि हुने गरेका गम्भीर घटनासमेत मिलापत्र हुने गरेको भन्दै उनीहरुले गोरीकला हत्या प्रकरणका अभियुक्तहरुलाई कानुन बमोजिम सजाय हुनुपर्ने माग राख्दै आएका छन् ।

    ‘गोरीकलाको हत्यामा संलग्न व्यक्तिलाई कारवाही नभए हामी बाँकी राख्दैनौँ ।’ गोरीकलाको घटना सम्झँदै उनले भनिन्, ‘प्रहरी, प्रशासन र कानुनले सक्दैन भने हामी आफै न्याय खोज्छौं ।’ गोरीकलाको बलात्कारपछि हत्या भएको आरोप लगाउँदै उनले दोषीलाई कडाभन्दा कडा कारवाही हुनुपर्ने बताइन् ।

    सालकोटका महिलाहरु सुरक्षित नभएको भन्दै प्रदर्शन गर्ने गरेका छन भने विद्यालयमा अध्ययनरत छात्राहरु त्रासमा छन् । ‘सुरक्षा निकायकै संलग्नतामा समाजमा यस्ता घटना घटेका छन् ।’ विद्याज्योती मावि बाबियाचौरबाट एसईई परीक्षा दिएकी गीता रावतले भनिन्, ‘हामी छिमेकमा त सुरक्षित छैनौँ भने बाहिरी जिल्ला पढ्न जाँदा के सुरक्षित छौं ।’

    जिल्ला बाहिर गएर उच्च शिक्षा लिने इच्छा भए पनि घरपरिवारबाट सहयोग पाउन गाह्रो पढ्ने गरेको उनी बताउँछिन् । ‘बाहिर गएर पढ्ने इच्छा भएपनि असुरक्षित छौं कि भन्ने डरले घरबाट एक्लै पठाउन मानदैनन् ।’ उनले भनिन्, ‘सुरक्षाकर्मीबाटै हुने यस्ता घटना रोक्न सरकारले ध्यान दिनुपर्छ ।’

    घटनाले गम्भीर बनायो जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले एसईई परीक्षार्थी गोरीकला मृत भेटिनुले गम्भीर बनाएको बताए । परीक्षार्थीलाई केन्द्र फरक पार्दा विद्यार्थीहरु असुरक्षित भएकाले शिक्षा कार्यालयले समीक्षा गर्ने बताए ।

    एसईई परीक्षाको समीक्षामा उठेका विषयलाई परीक्षा नियन्त्रण कार्यालय र शिक्षा मन्त्रालयमा पठाइने भएको छ । ‘परीक्षा पर्णालीमा सुधार नहुँदा परीक्षार्थीहरु असुरक्षित भए’ उनले भने, ‘एसईई परीक्षा ग्रेडिङ्ग प्रर्णाली अपनाइएकाले ८-९ कक्षा जस्तै हो ।’ यसका लागि प्रहरी नै परिचालन गर्नुपर्ने अबका दिनमा देख्दिन् ।’

    विद्यार्थीहरुलाई सुरक्षित महशुस हुने गरी परीक्षा सञ्चालन गर्न अभिभावकहरुको सहयोग लिने उनले बताए । ‘प्रहरी नै केन्द्रमा चार/पाँच घण्टा परिचालन गर्नुले विद्यार्थीहरुमासमेत त्रास छाउने वातावरण हरेको छ ।’ उनी भन्छन्, ‘प्रश्न पत्र केन्द्रमा लिँदा र उत्तरपुस्तिका जिल्लामा ल्याउँदा मात्रै प्रहरी परिचालन गर्दा राम्रो हुन्थ्यो ।’

    आगामी वर्षदेखि सुरक्षा अवस्थाबारे छलफल गरी अति जोखिम परीक्षा केन्द्रमा मात्रै प्रहरी परिचान गर्ने बारेमा सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।

    Source:times of nepal

    सम्बन्धित खवर