हेलमेटमा लुकाएको ४० लाख नगदसहित २ जना पक्राउ

हेलमेटमा लुकाएको ४० लाख नगदसहित २ जना पक्राउ

  • , 3.2K जनाले हेर्नुभयो
  • 3.2K
    SHARES

  • हेलमेटमा लुकाएको ४० लाख नगदसहित २ जना पक्राउ

    २१ चैत, वीरगञ्ज । बारा प्रहरीले ४० लाख नगदसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतीय नागरिक पनि छन् । विहारका २२ वर्षीय गुड्डुकुमार र वीरगञ्ज १६ ईनर्वाका सन्तोष कुमार जयसवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    ना५४ प १५४५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका गुड्डुको साथबाट ४० लाख बरामद भएको हो । उनले दुबै खुट्टाको पिडौंलामा ईलाष्टिकले बाँधेर एक हजारका ६०० थान (प्रत्येक खुट्टामा ३/३ गडी) लुकाएका थिए ।

    यसैगरी उनले आफूले लगाएको हेल्मेटभित्र एक हजारका हजार थान अर्थात १० गड्डी लुकाएका थिए ।

    मोटरसाइकलको सिट मुनी पनि उनले पैसा लुकाएका थिए । उनको साथबाट जम्मा ४० लाख नगद फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए ।

    अनुसन्धानका क्रममा भारतीय नागरिक सन्तोष कुमार साहले वीरगञ्जक सन्तोष कुमार जयसवाललाई दिने पठाएको रकम भएको खुलेको छ । प्रहरीले सन्तोषलाई पनि पक्राउ गरेको छ ।

    ‘ठूलो परीमाणको नगद बरामद भएको छ , जसको स्रोत खुलेको छैन’ प्रहरी प्रवक्ता साहले भनेका छन् ।

    दुवै जनालाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, पुल्चोक पठाइने प्रहरीले जनाएको छ ।

    सम्बन्धित खवर