को बन्ने भए नेपाल प्रहरीको आइजीपी ? प्रधानमन्त्री ओलीले दिए यस्तो प्रतिक्रिया !

को बन्ने भए नेपाल प्रहरीको आइजीपी ? प्रधानमन्त्री ओलीले दिए यस्तो प्रतिक्रिया !

  • , 5.1K जनाले हेर्नुभयो
  • 5.1K
    SHARES

  • को बन्ने भए नेपाल प्रहरीको आइजीपी ? प्रधानमन्त्री ओलीले दिए यस्तो प्रतिक्रिया !

    अबको एक सातापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले नयाँ आईजिपी पाउँदैछन्। यो वर्ष आईजिपी चयनमा गत वर्षजस्तो घिनलाग्दो खेल भएको छैन। गत वर्ष नेपाल प्रहरीको आईजिपी चयनमा शेरबहादुर देउवाले महाभारत मच्चाएका थिए । यो वर्ष आश्चर्यजनक रुपमा इतिहासमै सबैभन्दा कम चलखेल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले चलखेल रोकेका छन् । अहिलेसम्म आईजीका दाबेदारले ओलीसँग भेटेर मलाई आईजी बनाइदिनुप¥यो भनेर भन्ने हिम्मत गरेका छन्, न त ओलीनिकट व्यक्तिले फलानालाई आईजी बनाउनुपर्छ भनेर लबिङ नै गरेका छन् । प्रधानमन्त्री ओलीसामु भावी आईजीको प्रसंग निकाल्नेहरुलाई प्रधानमन्त्री ओलीले तपाईंलाई आईजीको के चासो रु खुरुखुरु आफ्नो काम गर्नोस् ।

     

    आईजी कसलाई बनाउने हो, समय आएपछि सरकारले गर्छ भनेर झपार्ने गरेका छन् । हक्की स्वभावका प्रधानमन्त्री ओलीले भावी आईजीका बारेमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत छलफल गरेका छैनन्, भने प्रचण्डले पनि ओलीसमक्ष यो एजेन्डा लगेका छैनन् ।
    गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भने आईजी नियुक्तिमा तठस्थ देखिएका छन् । गृहमन्त्री थापाले फलानोलाई नै आईजी बनाउनुपर्छ भनेर अडान लिएका छैनन् । यद्यपि, भावी आईजीको बारेमा क्याविनेटमा प्रस्ताव लैजाने मन्त्रालय भने गृह मन्त्रालय नै हो । गृह मन्त्रालय माओवादीको कोटामा गएपछि आईजीको कोटा एमालेको जिम्मामा आएको बालुवाटारस्थित उच्च स्रोतले दृष्टिलाई बताएको छ । यसै कारण ओलीले आईजिपीका प्रतिस्पर्धी भेटेका छैनन् भने अरुलाई पनि चलखेल गर्न दिएका छैनन् ।
    को आईजिपी बनाउने होला भनेर जिज्ञासा राख्ने आफ्नै सहयोगी तथा नेताहरुलाई उनको जवाफ हुन्छ– प्रहरी नै आईजिपी हुन्छ ।
    अबको ८ दिनभित्र नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नेतृत्व परिवर्तन हुँदै छ । प्रधानमन्त्री ओली २३ गते शुक्रबार तीन दिने भारत भ्रमणमा जाँदै छन् । २६ गते नै उनी फेरि चीन भ्रमणमा जाने चर्चा चलिरहेको छ । जसकारण आईजिपी बढुवामा छलफल तीव्र रुपमा अघि बढेको स्रोत बताउँछ ।
    प्रधानमन्त्री ओली आफूनिकट नेता तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग यस विषयमा सामान्य छलफल गरिसकेका छन् । ओलीले विवादरहित ढंगले आईजिपी बढुवाका लागि आफू निकटसँग सुझाव भने मागेको स्रोत बताउँछ ।
    स्रोतका अनुसार सकेसम्म चैत २३ गते अगाडि नै एक जनालाई विशेष पद सिर्जना गरी एआईजीमा बढुवा गरेर विवाद समाधान गर्न कतिपयले सुझाव दिएका छन् । यदि त्यसमा सहमति जुटेन भने २६ गते मात्र दुवै संगठनले नयाँ आईजिपी पाउनेछन् ।
    नेपाल प्रहरीमा सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की आईजिपी मुख्य दाबेदार हुन् । अन्य डिआईजीहरुको नाम पनि चर्चामा छन् । तर, भावी आईजी यी तिनै जनामध्ये एक हुने स्रोत बताउँछ ।
    मुख्य दाबेदार तीनै जना क्षमतावान भएकाले जो सुकै भएपनि प्रहरीले सक्षम नेतृत्व पाउने निश्चित छ । अझ प्रधानमन्त्री ओली आफैंले आईजिपी बढुवामा ठूलो चासो नराखेपछि बढुवामा आर्थिक चलखेल पनि नहुने लगभग निश्चित भएको छ ।
    तर, प्रहरी नियमावली र अदालतको आदेशमा फरक फरक प्रावधान भएकाले सरकारलाई आईजिपी नियुक्तिमा केही प्राविधिक कठिनाई भने छ । प्रहरी नियमावली सरकारलाई स्वविवेकी अधिकार दिएको छ भने सर्वोच्च अदालतले कार्यसम्पादन मूल्याङकन नम्बरलाई आधार बनाउन निर्देशन दिएको छ । कार्यम्पादन मूल्याङकन नम्बर जोड्न पनि प्रतिस्पर्धीहरु डिआईजी भएका १ वर्ष पनि नभएकाले समस्या भएको हो ।
    सशस्त्र प्रहरीमा भने एआईजी शैलेन्द्र खनाल अरु भन्दा सिनियर भएकाले उनी नै आईजिपी हुने लगभग निश्चित भएको बालुवाटार स्रोत बताउँछ ।

    सम्बन्धित खवर