रिसको झोंकमा बीच सडकमा श्रीमतीको नाक खाइदिएपछि

रिसको झोंकमा बीच सडकमा श्रीमतीको नाक खाइदिएपछि

  • , 2.8K जनाले हेर्नुभयो
  • 2.8K
    SHARES

  • रिसको झोंकमा बीच सडकमा श्रीमतीको नाक खाइदिएपछि

    पारिवारिक विवादको रिसमा एक श्रीमानले बीच सडकमा श्रीमतीको नाक खाइदिएका छन् । उनले बीच सडकमा श्रीमतीलाई समातेर उनको नाक खाइदिएका हुन् । हिजो बिहान ११ बजे घटना भएको हो । ती महिला आफ्ना श्रीमान् र छोरासँग माइती जान हिँडेकी थिइन् ।

    माइती जानको लागि बस बिसौनीतर्फ जाने क्रममा उनीहरु दुईबीच झगडा भएको थियो । भारतको मध्यप्रदेशको भोपालनजिकै बिजनीपुराकी गन्नीबाइ नामकी ती महिलाका पति मुकेशले रिसको झोंकमा नाक खाइदिएका हुन् ।

    पत्नीको नाकको एक भाग पतिले टुक्र्याइदिएका छन् । त्यसपछि पत्नी रुँदै प्रहरीमा गइन् पति मुकेश त्यहाँबाट फरार भए । प्रहरीले महिलालाई अस्पतालमा भर्ना गरेर आरोपी मुकेशको खोजी गरिरहेको छ ।

    यो पनि पढ्नुहोस :

    ८ चैत, काठमाडौं । तस्करीको साढे ३३ केजी सुन गायब भएपछि भरिया सनम शाक्यको अपहरणपछि हत्या भएको घटनामा प्रहरी प्रधान कार्यालयले प्रहरीमाथि नै अनुसन्धान थालेको छ ।घटनाको विषयमा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान नगरेको भन्दै उजुरी परेपछि प्रहरी मुख्यायलले छुट्टै अनुसन्धान समिति बनाएर छानबिन सुरु गरेको हो ।

    प्रहरीकै मिलेमतोमा सुन गायब भएको हुन सक्ने आशंकामा अनुसन्धान थालिएको स्रोतको भनाइ छ । प्रहरी मुख्यालय स्रोतका अनुसार घटनाको अनुसन्धानका लागि डिआईजी पुष्कलराज रेग्मीको नेतृत्वमा एसएसपी वसन्त लामा, डिएसपी सुदिप पाठक र प्रहरी निरीक्षक भीष्म हुमारार्इँ रहेको समिति गठन भएको छ ।

    यद्यपि, प्रहरी प्रवक्ता डिआईजी मनोज नेउपाने भने मुख्यालयले छानबिन गर्नु नियमित प्रक्रिया भएको बताउँछन् । ‘गम्भीर प्रकृतिका घटनामा प्रहरी प्रधान कार्यालयले पनि अनुसन्धान गर्नु नियमित जस्तै हो’, उनले अनलाइनखबरसँग भने, ‘अनुसन्धान भइरहेको छ ।’

    यसअघि गत १९ फागुनमा गाडीको ढिकीमा मोरङ, उर्लाबारी–७ का ३३ वर्षीय शाक्यको शव भेटिएको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले घटनामा संलग्न भएको भन्दै तीन जनालाई पक्राउ गरेको थियो । तर, सुनका भरिया अझै फरार छन् ।

    त्यसैको एक साता वित्न नपाउँदै झापाको बिर्तामोडका सुन व्यापारी साजन मुखियाको हत्या भएको थियो । प्रहरीले मुखिया र सनमको घटनालाई जोडेर अनुसन्धान गर्ने प्रयास गरेको दाबी गरे पनि कनेक्सन भेटिएको थिएन ।

    मुखियाको उनकै प्रतिष्पर्धी स्थानीय रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देव लागयतले हत्या गरेको इलाका प्रहरी काार्यालय, बिर्तामोडले निष्कर्ष निकालेको थियो

    सम्बन्धित खवर