माओवादीले छोडेन अडान्, मागबारे छलफल गर्न एमालेको छुट्टै बैठक बस्दै

माओवादीले छोडेन अडान्, मागबारे छलफल गर्न एमालेको छुट्टै बैठक बस्दै

  • , 2.9K जनाले हेर्नुभयो
  • 2.9K
    SHARES

  • माओवादीले छोडेन अडान्, मागबारे छलफल गर्न एमालेको छुट्टै बैठक बस्दै

    काठमाडौं । पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि नेकपा एमाले स्थायी कमिटीको बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपरान्ह २ बजे स्थायी कमिटी बैठक डाकेका छन् । संयोजन समिति बैठक साँझ बस्दैछ ।

    माओवादीले पार्टी एकीकरणमा बराबरी संख्या माग गरेको र जनयुद्ध शब्द राख्ने तथा सूर्य चिन्ह नमान्ने अडान लिएको सन्दर्भमा एमालेको आधिकारिक धारणा तय गर्न स्थायी कमिटी बैठक बोलाइएको हो । एमालेले सूर्य चिन्ह नछाड्ने र माओवादीलाई ५० प्रतिशत हिस्सा दिन नसकिने अनौपचारिक सन्देश दिइसकेको छ ।

    पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले चुनावमा जस्तो प्रतिशत छुट्याएर एकीकरण नहुने भन्दै समानतामा आधारित एकता हुने बताइरहेका छन् । यसलाई एमाले पंक्तिले ५० ५० को अर्थमा बुझे पनि माओवादीका एक नेताले भने त्यसरी नबुझ्न आग्रह गरेका छन् ।

    राजनीतिक दस्तावेज मस्यौदा कार्यदलका सदस्य समेत रहेका माओवादी स्थायी कमिटी सदस्य शक्ति बस्नेतले संख्याको कुराले पार्टी एकता नरोकिने बताए । उनले भने अहिले संख्याको पोजिशन लिने कुरा होइन,पार्टी एकता २२ अप्रिलमा हुन्छ, संख्याको समाधान संयोजन समितिबाट हुनेछ ।

    माओवादी नेताहरुले ५० ५० आफ्नो बटमलाईन नभएको समेत बताएका छन् । तर एमालेले भने जस्तो ७० ३० को आधारमा एकता नहुने र त्यो भनेको बिलयमात्र हुने उनीहरुको तर्क छ । दुवैपक्षले सम्मानजनक एकताको अनुभूति गर्नुपर्ने माओवादी नेताहरुको भनाइ छ ।

    स्रोतका अनुसार एमाले नेताहरु पनि यस सन्दर्भमा बिभाजित छन् । माओवादीलाई ३० प्रतिशत भन्दा बढी दिन नसकिने एकथरी नेताको अडान छ भने केही नेता संख्याका कारण एकता भाँडिन नहुनेमा सचेत छन् । दुबै पार्टीका अध्यक्ष तहमा कुरा भएपछि संख्याको विवाद मिल्ने नेताहरुले बताएको खबर news24nepal मा छ 

    सम्बन्धित खवर