पोखरामा भेटियो फेरी अर्को अनौठो गुफा, हेर्नेहरुको भीड (भिडियो सहित)

पोखरामा भेटियो फेरी अर्को अनौठो गुफा, हेर्नेहरुको भीड (भिडियो सहित)

  • , 3.6K जनाले हेर्नुभयो
  • 3.6K
    SHARES

  • पोखरामा भेटियो फेरी अर्को अनौठो गुफा, हेर्नेहरुको भीड (भिडियो सहित)

    २१ चैत । तपाईलाई पोखराको महेन्द्र गुफा चमेरे गुफा र गुप्तेश्वर गुफा बारे थाहा छ होला । कतिपय घुम्न आईसक्नुभएको होला कति अब घुम्न आउने सोच बनाउनुभएको होला ।

    यदि त्यसो हो भने याद राख्नुहोस पोखरामा अर्को गुफा पनि पत्ता लागेको छ । पोखरा लखनाथ महानगरपालिका वडा नं. ३३ मा रहेको भरतपोखरी स्थित तिक्लाङमा नयाँ गुफा भेटीएको हो ।

    उक्त गुफा करीब डेढ किलोमिटर लामो भएको अनुमान गरिएको छ । तिक्लाङको स्थानिय तिक्लाङ खेलमैदानको बिचबाट सेतीको तिरमा रहेको चुनेपहरो सम्म उक्त गुफा रहेको छ ।

    धेरै पहिला स्थानियहरु त्यो गुफाको बारेमा जानकार भएपनि त्यसले पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने हेक्का राखेका थिएनन् ।

    नेपालीमा एउटा उखान छ नी माल पाएर चाल नपाए जस्तै भएको थियो त्यो गुफा तिक्लाङबासीलाई तर अहिले स्थानिय जनप्रतिनिधि आएपछि गुफाको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ भन्ने सोच पलाएको छ र त्यसलाई व्यवस्थित गर्न वडा नं ३३ का वडा अध्यक्ष शिव प्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरेर पर्यटक भित्र्याउने योजना बनाएका छन् ।

    हेर्नुस भिडियो >>

    सम्बन्धित खवर