युट्युबको मुख्यालयमा गोली हानाहान, एक संदिग्ध महिलाको मृत्यु, यसरी मच्चियो भागदौड

युट्युबको मुख्यालयमा गोली हानाहान, एक संदिग्ध महिलाको मृत्यु, यसरी मच्चियो भागदौड

  • , 5.1K जनाले हेर्नुभयो
  • 5.1K
    SHARES

  • युट्युबको मुख्यालयमा गोली हानाहान, एक संदिग्ध महिलाको मृत्यु, यसरी मच्चियो भागदौड

    अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित युट्युबको मुख्यालयमा एक जना बन्धुकधारी महिलाले गोली चलाउँदा तीन जना घाइते भएका छन् । घटनापछि महिलालाई स्वयमलाई गोली हानेर आत्महत्या गरेकी छन्।

    प्रहरीका अनुसार गोली लागेर घाइते. भएका चार जनाको अस्पतालमा उपचार भइरहेको छ। तर उनीहरुको अवस्थाका बारेमा थप जानकारी दिइएको छैन।

    गोली लागेर घाइते ३६ वर्षका एक पुरुषको अवस्था गम्भीर रहेको बताइएको छ। सीबीएस न्युजको रिपोर्टका अनुसार घाइते युवकलाई संदिग्ध आक्रमणकारी महिलाको ब्वाइफ्रेण्ड भएको बताइएको छ। आक्रमणमा ३२ र २७ वर्षका दुई महिला पनि गोली लागेर घाइते भएका छन् ।

    ३२ वर्षीया महिलाको अवस्था गम्भीर छ जबकि २७ वर्षका महिलाको स्थिति सुधारोन्मुख रहेको बताइएको छ। गोलीकाण्ड युट्युबको सैन ब्रुनोस्थित मुख्यालयमा भएको र प्रहरीले घटनाको छानविन गरिरहेको जनाएको छ।

    प्रहरीका अनुसार उनीहरुले युट्युवको मुख्यालयमा एक जना बन्धुकधारी रहेको खबर प्राप्त भएको र जानकारी प्राप्त हुने बित्तिकै घटनास्थल पुगेको थियो। प्रहरी प्रवक्ता एड बार्बेरिनीलेएक जना संदिग्ध महिला मारिएकी छन् । प्रहरीको अनुमानअनुसार यी महिला नै संदिग्ध आक्रमणकारी हुन् । घाइतेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। उनले घटनास्थलमा भागदौड मच्चिएको र त्यहाँ रहेका मानिसहरु आफूलाई बचाउने कोशिसमा लागेको बताए ।

    घटनाबारे जानकारी प्राप्त हुने बित्तिकै एम्बुलेन्स घटनास्थल पुगेको थियो । प्रहरीले त्यहाँ रहेका नागरिकहरुलाई टाढा रहन भनेको थियो । यसपछि कार्यालय बन्द गरेर कार्यालयमा रहेकाहरुलाई बाहिर निकालिएको थियो । युट्युबका प्रोजेक्ट म्यानेजर टाँड शर्मनले एकपछि अर्को ट्वीट गर्दै घटनाबारे बताएका छन् ।

    उनले लेखेका छन्–हामी एउटा मिटिङमा थियौ तब हामीले मानिसहरु भागेको देख्यौ । पहिला त महिलालाई लाग्यो कि भूकम्प आयो । कोठा खाली गरेपनि हामीले बुझेनौ कि के भइरहेको छ । मानिसहरु भागिरहेका थिए र घटना गम्भीर लाग्दै थियो ।

    टाँगले अगाडि लेखेका छन–हामी एग्जिटतर्फ भाग्यौ र तब कसैले भन्यो .कि कुनै व्यक्ति बन्दुक लिएर कार्यालयमा प्रवेश गरेको छ। मैले फर्श र सिढीमा रगतका केही थोपा देख्यौ । कार्यालयमा प्रहरी राइफल लिएर कार्यालयमा आइसकेको थियो ।

    युट्युबका अर्का कर्मचारीले ट्वीटमा लेखेका छन्–युट्युब हेडक्वार्टरमा एक सक्रिय शूटर छ। मैले गोली चलेको आवाज सुनेँ र मानिसहरु भाग्दै गरेको देखेँ ।

    सैन ब्रुनो प्रहरीले पनि ट्वीट गर्दै भनेको छ कि उ जवाफी कारबाही गरिरहेको छ। लाइभ टीभी फुटेजमा देख्न सकिन्छ कि प्रहरीका गाडीहर घटनास्थलमा छ मानिसहरुको तलासी लिइरहेको छ।

    सैन फ्रैन्सिस्को जनरल अस्पतालले गोलीकाण्ड पीडितहरु अस्पताल आएको पुष्टि गरेको छ। यद्यपि घाइतेको संख्याका बारेमा केहीपनि जानकारी दिएको छैन । एबीसी न्युजका अनुसार स्टैनफोर्ड हेल्थ केयर सिस्टमले चार पाँच जना मानिस अस्पताल पुगेको बताएको छ।

    नजिकैका एक फास्ट फुड रेस्टुरेन्टका कर्मचारीले फक्स स्टेशन केटीवीयुलाई बताएअनुसार घटनामा घाइते एक महिलाको सहयोग गरे जसलाई गोली लागेको थियो । केही घाइतेहरु भवनबाट ज्यान बचाएर भागेको खबर पनि आएको छ। स्थानीय टेलिभिजन च्यानलहरुको फुटेजमा केही कर्मचारीहरु हात माथि गरेर बाहिर निस्कँदै गरेको देखिएका छन् ।

    एउटा हेलिकोप्टरबाट बनाइएको भिडियोमा शिशाको ढोका फुटेको देखाइएको छ। साथै भूँइमा शिशा फुटेर झरेको देखिएको छ।

    युट्युब मुख्यालयमा करिब १७ सय जना कर्मचारी काम गर्दछन् । गुगलले भनेको छ कि अधिकारीहरुसँग कुरा भइरहेको छ र चाँडै जानकारी सार्वजनिक गरिनेछ ।

    गुगल कम्युनिकेशन्सको आधिकारिक ट्वीटर हैन्डलबाट ट्वीट गर्दै भनिएको छ कि उनको सुरक्षा टिम बिल्डिङ खाली गराउने र मानिसहरुलाई सुरक्षित बाहिर निकाल्न अधिकारीहरुलाई सहयोग गरिरहेको छ। बीबीसी हिन्दी

    सम्बन्धित खवर