सन्ध्या सुस्केरा र उतर लामा को तामांग सेलो गीत “गाजलु क्रिम” भिडियो सहित

सन्ध्या सुस्केरा र उतर लामा को तामांग सेलो गीत “गाजलु क्रिम” भिडियो सहित

  • , 7.8K जनाले हेर्नुभयो
  • 7.8K
    SHARES

  • सन्ध्या सुस्केरा र उतर लामा को तामांग सेलो गीत “गाजलु क्रिम” भिडियो सहित

    केशब कटुवाल , दुबई – परदेश बाट नै अघिल्लो बर्ष पहिलो गीति एल्बम “सन्ध्या” बिमोचन गरेकी गायिका तथा मोडल ले यो साल पनि आफू जन्मेको हुर्केको गाउँ ठाँउमा शिक्षाको लागि थोरै भए पनि सहयोग पुर्याउने उद्देश्यले र आफ्नो जन्न्म दिन पारेर उहाको दोस्रो एल्बम “सुस्केरा” को बिमोचन गर्नु भएको छ जस्मा ५ ओटा गीत समाबेश भएको एल्बम यहि गएको सुक्रबार यु.ए. इ (दुबई) को बरदुबईमा रहेको स्लिवर स्पॊन होटलमा दुबई मा रहेका विभिन्न क्रियासिल सस्था हरु का प्रमुख ज्यु हरु र उहाका साथी हरु को बाक्लो उपस्थिति थियो भने अन्तर्राष्ट्रिय कलाकार समाज (इनास)युएई ,नेपाली समुदाय युएईको आयोजना र गैरआबसिय नेपाल संघ (NRNA)को सहकार्यमा भब्य रुप मा बिमोचन कार्यक्रम सम्पन्न भयो । परदेशी जिबन बिताउदै आउनु भएकी रचनाकार, गायिका तथा माेडल सन्ध्या सुस्केराकाे दोस्रो एल्बम “सुस्केरा” को बिमोचन पश्चात तामाग सेलो गीत ” गाजलु किरिम” पनि बजार मा आएको छ जस्मा सन्ध्या सुस्केरा र उतर लामा को स्वर रहेको छ भने संगीत बिक्रम थापा को रहेको छ शब्द कोर्नु भएको छ मिलन लामा (खुसि) र भिडियो को निर्देशन र मोडल गाकिया आफैले गर्नु भएको छ भने उहा लाई साथ दिनु भएको छ दिल लामा र साथी हरु ले यस गीत को छायांकन सागर परियारको रहेको छ र यस भिडियो को सम्पूर्ण छायांकन र सम्पादन कार्य दुबईमा गरिएको हो र सम्पादन गर्नु भएको छ देव कुमार श्रेष्ठले । जिबनमा जति नै दुख भए पनि खुसी र सफल रहन मेहनत गर्न सकियो भने पक्कै सबैको साथ र मायाले साच्चै नै एक अजम्बरी खुशी प्राप्त हुदोरहेछ।म आज प्रबासी भुमिमा यो खुसी पाइरहेकी छु।यहाहरुको यो साथ,माया ,सल्लाह, सहयोग ,आशिर्वाद सबै सबैको लागि हृदय देखि धन्यवाद पनि रचनाकार, गायिका तथा माेडल सन्ध्या सुस्केरा दिनु भएको छ ।भिडियो राम्रो बनेको र गीत पनि अलि कमेडी पारा मा रहेका ले सम्पूर्ण ले मन पराइ दिनु हुन्छ भने आशाबादी भएको पनि जानकारी गराउनु भो ।

    सम्बन्धित खवर