सन्चार मन्त्रीलाई शिव चालिसेको बिदेशबाट खुल्ला पत्र

सन्चार मन्त्रीलाई शिव चालिसेको बिदेशबाट खुल्ला पत्र

  • , 4.6K जनाले हेर्नुभयो
  • 4.6K
    SHARES

  • सन्चार मन्त्रीलाई शिव चालिसेको बिदेशबाट खुल्ला पत्र

    सन्चार मन्त्री गोकुल बास्कोटा ज्यु,

    सात समुन्द्र पारिबाट यो परदेशीको नमस्कार,

    यता गर्मी असाध्यै बढेको छ, पसिना, रगत र जवानी मरुभुमिको बालुवामा पग्लिरहेको छ।आसा छ यहाले चड्ने गाडिको AC बिग्रीएको छैन होला। पसिना, रगत जवानी सबै सकुशल नै छ होला किन कि तपाईं त मन्त्री जस्तो मान्छे तपाईं अस्वस्थ हुनुभयो भने देश अस्वस्थ हुन्छ !

    अनि बसाई कस्तो छ तपाईंको ? मेरो चाहिँ एताको डेरा बालुवाघारीमा छ, हरेक रात तारा झर्छ अनि दिनमा पनि असाध्यै घाम झर्छ अनि उता नेपालको पनि उस्तै छ हालत, हजुरलाई के सुनाउनु पुरै आकाश नै झर्छ रे। तपाईको त क्वाटर भब्य आलिसान छ होला है, हुनु पनि पर्छ हामिले गर्ब गर्ने अरु के नै छ र? चाहाना यति हो सपना देख्न पाइयोस मन्त्री ज्युको जस्तै एक दिन मेरो घर हुन्छ भनेर!

    भयो यी कुरा छाडौ, अरु कुरा गरौ। केही दिन एता सामाजिक सन्जलमा बिदेशबाट फर्कदा कामदारले ल्याउने मोबाइल करको दायरामा ल्याउछु भन्नू भएछ अनि एउटा चिट्ठी लेख्न मन लाग्यो ।

    ए सांचै त्यो NCELL ले कर तिर्यो कि तिरेन? सम्झेर सोधी हालेको, सुन्नमा आको जुन सरकार आए पनि बृफकेस बोकेर आउँछ रे ncell ले, यस्तो घिनलाग्दो काम चाहिँ नगर्नुस् है मन्त्री ज्यू तपाईको इन्ज्जतमा दाग नलागोस् ,संधै कामना गर्छु।

    मेरो त घरमा कुरा नभाको पनि ४ महिना भएछ।गाउँको खै रामे श्यामे कुन्नी कस्को मोबाइलबाट माली गाइको दूध बेच्दा बचेको पैसाले रिचार्ज हालेर बा आफैले फोन गर्नु भएको थियो।गाउका अरु केटाहरुले भनेका मेरो बा भन्नूहुन्छ रे~ मेरो छोरो आउने बेला फुन ल्याउछ अनि सांघुरो त्रीपाल मुनि नै सुतेर परदेशी छोरा संग फराकिला कुरा गर्छु ।ठ्याकै यहि भन्नू हुन्छ रे!

    बिहे गरेको १५ दिन नबित्दै श्रीमती छोडेर आएको मेरो साथी राती सुत्ने बेला सम्झनामा सिरानी च्यापेर छुत्छ।उता उस्कि श्रीमतीको सिरानीमा यति गाजल लत्पतिएको छ रे अनि हरेक बिहान उठ्दा उस्को आंसुले खाट वरिपरी भुई तप्केर डोब बसेको हुन्छ रे।

    मेरो अर्को साथी पनि छ।घरको एक्लो छोरो बुढा बा र आमा छोडेर एतै भासिएको ३ साल भएछ!पहिलो पाली घरमा जांदा त २ दिन लगाएत बुबाको हातको नङ काटिदिएको रे।

    बिरामी आमाको कपाल लट्टा परेर कैचिले काट्न नै एक बिहान लागेको थियो रे।अर्को पनि साथी छ,३ महिने काखे छोरी छोडेर परदेश आको २ साल भयो रे, ३ लाख ऋण भएर आको रैछ अब अर्को महिना बाट साहुको रिन सक्दै छु दाई भनेर फिस्स हांस्थ्यो अनि भन्दै थियो यस पाली चाहिँ एउटा भिडियो खिच्ने मोबाइल लिएर जाने हो नेपाल जांदा,पछि एता आएर सम्झना आंउदा छोरी र श्रीमतिको फोटो हेरेर भेडा चराउदै दिन काट्न सहज हुन्छ।

    धेरै साथिको चहाना छ बा र श्रीमतिलाई मोबाइल,आमालाई घडी,छोराछोरीलाई रकेट पेन्सिल खेलौना ,आफन्तलाई चक्लेट अत्तर यस्तै यस्तै।कस्लाई रहर नहोला र मन्त्री ज्यू ,२/३ साल पछि परदेश बाट फर्केको छोराले राम्रो समान र कन्तुर भर्ने पैसा नलिएर आओस् भन्ने!यो त खुसिको पाटो दुखको पाटो अर्कै छ, यस्ता परिवार पनि छ्न जो ठूलो रातो बाकसमा फर्केको लासलाई अंगालो हालेर बिमानस्थलमा नै बर्बराउछ्न्।

    ज्यानको बाजि राखेर झन्डै २९ % रेमिटेन्स सरकारलाई बुझाएर घर फर्केको एउटा गरिब नेपालीको छोराले ल्याएको मोबाइलमा तपाइको नजर लगाउन कुन नौतिकताले दिन्छ? जबाफ दिनोस् मन्त्री ज्यू ? मेरो घरको खुसी खोस्न कुन नैतिकताले दिन्छ तपाईलाई ? घाम पानी दुख केही नभनि गोठमा दाम्लो ले बांधिए झै परिवार साहुलाई साक्षी राख्दै बिदेशमा साहुले बांधेको एउटा गरिब किसानको छोरोले एउटा मोबाइल ल्याउंदा देख्न नसक्ने तपाईंको कति कठोर मन होला है? तपाई जन सवेक हो कि जन पिडक हो?मन्त्री ज्यू तपाई संग सार्है चित्त दुखेको छ।

    मेरो मात्र हैन सायद ३० लाख भन्दा बढी बिदेशमा रहेका नेपालीको चित्त दुखेको छ।अति नगर्नुस् नेपाल सरकारको हामी पनि अन्न दाता हौ । आजलाई यति नै

    उहि नेपाल आमाको परदेशी छोरो शिव चालिसे

    (हाल युएई)

    सम्बन्धित खवर