के तपाइको रातिमा मोबाइल चार्जमा राखेर सुत्ने बानि छ ? एकपटक अवश्य पढ्नुहोस र आफ्ना साथीभाईलाई शेयेर गर्नुहोस |

के तपाइको रातिमा मोबाइल चार्जमा राखेर सुत्ने बानि छ ? एकपटक अवश्य पढ्नुहोस र आफ्ना साथीभाईलाई शेयेर गर्नुहोस |

  • , 5.1K जनाले हेर्नुभयो
  • 5.1K
    SHARES

  • के तपाइको रातिमा मोबाइल चार्जमा राखेर सुत्ने बानि छ ? एकपटक अवश्य पढ्नुहोस र आफ्ना साथीभाईलाई शेयेर गर्नुहोस |

    रातभरी मोबाईल चार्ज गर्दा कतै ब्याट्री बिग्रिने त होईन भनेर पक्कै पनि तपाईँले कैले न कैले सोचेको वा सुनेको हुनुपर्छ। हामी सबैलाई विहान उठ्ने वित्तिकै मोबाईल फूल चार्ज भको हेर्न मन लाग्छ |

    तर रातभरी मोबाईल चार्ज गर्दा ब्याट्रीको आयु घट्ने डरले कतिपयले मन भई भई पनि राती चार्ज गर्दैनम्। गरेपनि ब्याट्री ओभरचार्ज हुने डरले राती आदा निन्द्रोमा चार्जर डिस्कनेक्ट गर्छम्। सत्य के हो त हेरम्।

    आधुनिक स्मार्टफोन तथा ट्याब्लेटहरुमा प्रयोग हुने ब्याट्री लिथियम-आयन ब्याट्री हो। त्यस भित्र एक प्रकारको सर्किट (circuit) हुन्छ जसले ब्याट्री फूल चार्ज भएपछि आफै पावर बन्द गर्दिन्छ। तपाईँहरूले नी याद गर्नु भको होला मोबाईल चार्ज गर्दा पहिले लगभग ८०% सम्म चार्ज एकदम छिटो हुन्छ भने पछि ढिलो हुन्छ, यो त्यहीँ स्मार्ट सर्किटको कारणले गर्दा थप चार्ज हुन नदेको हो। यसरी तपाईँले जतिबेर फोन चार्जमा राखेपनि ब्याट्री कहिले ओभरचार्ज हुन्न।

    अब तपाईँलाई प्रष्ट थाहा भयो यो बारे। आफ्ना साथीभाईलाई नी स्यर गर्नुहोस्। अब विना चिन्ता रातभरी फोन चार्जमा राखी आनन्दले सुत्नुहोस्

    सबैले फेसबुक वाल विभिन्न ग्रुपहरुमा सेयर गर्दैजानुहोला

    यो पनि पढ्नुस्,

    देउवालार्इ झट्का, पराजयकाे मुख्य कारक देउवा भएकाे निष्कर्ष सहित पाैडेल पक्षकाे छुट्टै भेला
    काठमाडौँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय केन्द्रीय सदस्यहरूले निर्वाचनमा पार्टी पराजय हुनुमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैली मुख्य कारक रहेको निष्कर्ष निकालेको छ । पार्टी र सरकार सञ्चालनमा नेतृत्वको कार्यशैली प्रभावी हुन नसकेको ठम्याइ उनीहरूको छ ।

    जनभावनाविपरीतका सरकारका निर्णय र पार्टी सञ्चालनमा तदर्थवाद शैलीले निर्वाचनमा राम्रो परिणाम आउन नसकेको भन्दै पौडेल पक्षीय नेताहरूले कांग्रेस नेतृत्वप्रति असन्तुष्टि जनाएका हुन् । निर्वाचन समीक्षा र भावी रणनीति तय गर्न पौडेल पक्षीय केन्द्रीय सदस्यहरूको शुक्रबार नक्सालमा बैठक बसेको थियो ।

    बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू रामशरण महत, महेश आचार्य, बलबहादुर केसीसहित करिब दुई दर्जन सदस्य उपस्थित थिए । पार्टीले नराम्रो हार बेहोरेपछि पौडेल पक्षीय १४ केन्द्रीय सदस्यको टोलीले यसअघि पनि पटक–पटक बैठक राखेर निर्वाचन समीक्षा गर्दै आएको थियो ।

    तर ती बैठकमा शीर्ष सदस्यहरू उपस्थित थिएनन् । १४ जनाको उक्त समूहको संयोजन केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले गर्दै आएका छन् । केन्द्रीय सदस्य चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङलगायत केही युवा नेताले पार्टी नेतृत्व परिवर्तनको बहस चलाइरहेका बेला पौडेल पक्षीय सदस्यहरूले पनि पार्टीको भविष्यका लागि भन्दै निरन्तर नेतृत्व र एजेन्डाका विषयमा छलफल केन्द्रित बनाएका हुन् ।

    जोशीको संयोजनमा रहेको समूहका १४ केन्द्रीय सदस्यमा दीपक गिरी, हृदयराम थानी, रामकृष्ण यादव, कमला पन्त, धनराज गुरुङ, गोविन्द भट्टराई, बद्री पाण्डे, कल्याण गुरुङ, किरण यादव, गुरुराज घिमिरे, सरिता प्रसाईं, रत्ना शेरचन, जीवन परियार छन् । जोशीले पार्टी पराजय हुनुको कारणबारे छलफल गरी केन्द्रीय समितिको बैठकमा संगठन सुधारका लागि सामूहिक दस्ताबेज लैजाने तयारी भइरहेको बताए । ‘पार्टीको भविष्य हेरेर नै यो छलफल अघि बढाएका हौं,’ उनले भने, ‘पार्टीलाई वास्तविक रूपमै परिवर्तन भएको आभास दिलाउन हामीले यो अभियान थालेका हौं ।’

    बैठकमा वरिष्ठ नेता पौडेलले पार्टीलाई एजेन्डाका आधारमा अघि बढाउनुपर्ने भन्दै परम्परागत कार्यशैलीबाट पार्टी नेतृत्व अघि बढदा संगठन कमजोर भएको बताएका थिए । बैठकमा सरकारको कामकारबाही प्रभावकारी हुन नसकेको प्रति धेरैको आलोचना रहेको थियो । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोगदेखि प्रहरी प्रमुख नियुक्ति प्रकरणमा पार्टी नेतृत्व जोडिँदा निर्वाचनमा असर पुगेको उनीहरूको धारणा थियो ।

    पौडेल पक्षीय अधिकांश नेताले संसदीय समिति पार्टी विधानविपरीत जम्बो बनाएर उम्मेदवार दिँदा आफ्नो समूहलाई ‘कर्नर’ मा पारिएको बताएका थिए । पार्टी विधानअनुसार पदाधिकारी नियुक्ति हुन नसकेको, विभाग बन्न नसकेको, केन्द्रीय कार्यसमितिले पूर्णता पाउन नसकेको भन्दै पौडेल पक्षीय केन्द्रीय सदस्यहरूले आगामी केन्द्रीय कार्यसमिति बैठकमा यो मुद्दालाई जोडसाथ प्रवेश गराउने तयारी थालेका छन् ।

    सम्बन्धित खवर