भारि बोकेर कमाएको पैसा साथीबाटै लुटिए, भूकम्पले लडाएको घर बनाउने सपना चकनाचुर,

भारि बोकेर कमाएको पैसा साथीबाटै लुटिए, भूकम्पले लडाएको घर बनाउने सपना चकनाचुर,

  • , 4K जनाले हेर्नुभयो
  • 4K
    SHARES

  • भारि बोकेर कमाएको पैसा साथीबाटै लुटिए, भूकम्पले लडाएको घर बनाउने सपना चकनाचुर,

    चैत १९ काँकडभिट्टा — भारतमा २ लाख रुपैयाँ लुटिएपछि दोलखा ठूलो पाटनका २८ वर्षीय दिपेन्द्र तामाङ वेखर्ची भएका छन् ।

    लुटिएका दीपेन्द्र तामाङ (बायाँ) र पैसा जस्तै बनाएर राखि दिएको कागजको बण्डल (दायाँ) । तस्बिर : पर्वत पोर्तेल । कान्तिपुर ।
    सिक्किमको गान्तोकमा ४ वर्षदेखि भरिया काम गर्दै आएका तामाङले सोमवार दिउँसो मात्रै आफू लुटिएको थाहा पाए। नेपाल प्रवेश गर्ने क्रममा पानीटंकी नजिकै नाकाका सुरक्षाकर्मीले चेकजाच गर्ने क्रममा पो उनले आफू लुटिएको थाहा पाए।

    एसएसवीले चेक गर्न खोज्दैथ्यो। उनले आफूसंग २ लाख भारु रहेको जानकारी गराएका थिए। एसएसवीले त्यत्रो पैसा लैजान नमिल्ने बताउदैथ्यो। उनले ‘चिया खर्च’ दिने शर्तमा पैसा लैजाने बातावरण बनाउदै थिए। एसएसपी जवानले उनको झोलावाट पैसा जस्तै वनाएर राखेको कागजको बन्डल झिकेपछि उनी वेहोस भए। ‘भाइ पैसा यही हो भन्दा म त वेहोस भएछु’, दिपेन्द्रले विलौना सुनाए,‘अग्लो छाँगावाट खसेझै भयो।’
    इलाका प्रहरी कार्यालय काँकडभिट्टाको सम्पर्कमा पुगेका उनले घटनाको वृत्तान्त सुनाए। संगै काम गर्ने भरिया साथीहरु रामकाजी राई र लुंगा राईवाट आफू लुटिएको दिपेन्द्रले दावी गरे। ‘नेपाल फर्किने राति तीनै जना बसेर पैसा गनेका थियौ’, उनले भने,‘तिनीहरुले नै मलाई लुटेका हुन्।’
    विहान गान्तोकबाट गाडी चढाउन पनि आएका थिए उनीहरु। हिड्ने बेलामा झोकाभित्र हात हालेर छाम्दा पैसा छ भन्ने लाग्यो उनलाई। तर, जब सुरक्षाकर्मीले जाँच गर्दा कागजको बन्डल फेला पऱ्यो त्यसपछि दिपेन्द्रको होस हवास नै उडेको छ।
    भुकम्पले घर भत्काएपछि उनी भरिया काम गर्न सिक्किम गएका थिए। सिक्किम, दार्जिलिङमा सयौ नेपाली भरियाहरु छन्। अधिकांश दोलखा, रामेछापका छन्। खासमा भुकम्पले भत्किएको घर बनाउनका लागि उनले दिनरात पसिना बगाएर खाइनखाइ २ लाख भारु जम्मा गरेका थिए।
    इलाका प्रहरी कार्यालयका डीएसपी टंक भट्टराईले लुटिएर बेखर्ची बनेका तामाङलाई प्रहरीहरुबाटै ३ हजार रुपैयाँ संकलन गरी बाटो खर्च दिएर घर पठाइएको जानकारी दिए। भट्टराईले भने, ‘लुटिएको पैसा खोजतलास गरिदिन सिक्किम प्रहरीलाई समन्वयका लागि अनुरोध पनि गरेका छौं।’कान्तिपुर बाट,

    सम्बन्धित खवर