२३ दिनपछि घर फर्किएकी राधाले घरबाट यस्ताे भनेपछि फेरी चर्चामा ,भोलेबाबाले…..

२३ दिनपछि घर फर्किएकी राधाले घरबाट यस्ताे भनेपछि फेरी चर्चामा ,भोलेबाबाले…..

  • , 3.4K जनाले हेर्नुभयो
  • 3.4K
    SHARES

  • २३ दिनपछि घर फर्किएकी राधाले घरबाट यस्ताे भनेपछि फेरी चर्चामा ,भोलेबाबाले…..

    धनगढी, १९ चैत । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ५ देउकलियाकी राधा चौधरी आफ्नो घर फर्किएकी छिन् ।

    उनलाई उनकै गाउँका भोलेबाबा भनिने रामबहादुर चौधरी, पार्वती भनिने स्मारिका चौधरीले बोक्सीको आरोपमा कुटपिट गरेका थिए । २३ दिनको धनगढी बसाईपछि राधालाई केही संस्थाको पहलमा गाउँ फर्काइएको हो ।

    देउकलिया गाउँका भल्मन्सा राजाराम चौधरी सहितका गाउँका गन्यमान्य व्यक्तिले राधालाई गाउँ फर्काउन सहयोग गरेका छन् । राधालाई शनिबार कार्यक्रम गरी गाउँमै अविरजात्रासहित अभिनन्दन गरिएको छ ।

    थारु समुदायमा भलमन्सा अथवा थारु समुदायका मुखीलाले भनेको मान्नै पर्ने र नमान्नेलाई सामाजिक बहिस्कार गर्ने चलन छ । गाउँका भलमन्साले नै राधालाई अभिनन्दन गराएपछि उनीमाथि कुटपिट भएको बेलाका तमासा हेर्नेहरु पनि सहभागी थिए ।

    स्थानीय राष्ट्रिय माविको परिषरमा शनिबार राधा चौधरीको अभिनन्दन गरिएको हो । भलमन्सा राजाराम चौधरीको अध्यक्षता र राष्ट्रिय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर चौधरीको प्रमुख आथित्यमा राधालाई अभिनन्दन गरिएको भलमन्सा राजाराम चौधरीले बताए ।

    स्थानीयले अब सामूहिक रुपमै रुढीवादी परम्पराविरुद्ध लड्ने प्रण गरेका छन् । राधालाई कुटपिट भएको दिन तमासा हेर्नेहरू पनि कार्यक्रममा उपस्थित थिए ।

    सम्बन्धित खवर