उपत्यकामा मनाइयाे इष्टर, खुल्लामञ्चबाट घाेषणा भयाे येशू ख्रीष्टकाे पुनरूत्थान

उपत्यकामा मनाइयाे इष्टर, खुल्लामञ्चबाट घाेषणा भयाे येशू ख्रीष्टकाे पुनरूत्थान

  • , 2.8K जनाले हेर्नुभयो
  • 2.8K
    SHARES

  • उपत्यकामा मनाइयाे इष्टर, खुल्लामञ्चबाट घाेषणा भयाे येशू ख्रीष्टकाे पुनरूत्थान

    चैत १८, काठमाडाैं । इसाईहरूको महान पर्व इष्टर अर्थात येशू ख्रीष्टको पुनरूत्थान दिवस काठमाडौंमा विशेष समाराहको आयोजना गरि मनाइएको छ ।

     

    दिवसको अवसरमा काठमाडौं उपत्यकाका सम्पुर्ण स्थानिय मण्डलीहरूको सक्रिय सहभागितामा उपत्यकाव्यापी पुनरूत्थान(इष्टर) महोत्सव राजधानीको खुल्लामञ्चमा सम्पन्न भएको हो । उपत्यकाको काठमाडौं,ललितपुर र भक्तपुरका स्थानिय मण्डलीहरूबाट लगभग २० हजारको संख्यामा विश्वासीहरूकाे सहभागिता रहेकाे उपत्यकाव्यापी पुनरूत्थान महाेत्सव २०१८ का संयाेजक पास्टर पदमनाथ पराजुलीले जानकारी दिनुभयाे ।

    फाेटाेः निराजन माेक्तान

     

    अयोजक समितिका संयोजकले भन्नुभयो, “गएका वर्षहरूमाझैँ यस वर्ष पनि इष्टर महोत्सवलाई उत्सवको रूपमा भव्यताका साथ मनाउन पाइयाे र कार्यक्रम उत्साहपूर्ण रूपमा सफल भयाे” । संयाेजक पराजुलीले शान्ती पदयात्रा र महोत्सवमा सहभागी हुने सबैलाइ धन्यावाद दिनुभयाे ।

     

    गत वर्षजस्तै यसपाली पनि काठमाडौं, ललितपुर र भक्तपुरका स्थानिय मण्डलीहरू आ–आफ्नो ठाउँबाट शान्ति पदयात्रा सहित निस्किएर खुल्ला मञ्च पुगी महोत्सवमा सहभागी भएका थिए । विभिन्न ठाउँमा ताेकिएका संयोजकहरूका अनुसार शान्ति पदयात्रा सजिलो र व्यवस्थित भएकाे निष्कर्ष छ । कार्यक्रममा पास्टर डा. मंगलमान महर्जनले पुनरुत्थानको महत्व र यसले मानिसको जीवनमा ल्याएको परिवर्तनका सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।

    फाेटाेः सन्ताेष के.सी

     

    यस वर्षको कार्यक्रमको लागि स्टेज, साउण्ड सिस्टम, टेलिभिजन, कुर्सी तथा पाल लगायतका निम्ति लागेको खर्चको व्यवस्थापन विगतका वर्षहरूमा झैं उपत्यकाका मण्डली तथा संघसंस्थाहरूबाट नै भेटी संकलन गरिनुका साथै खुल्लामञ्चमा भएको आजको कार्यक्रममा पनि भेटी संकलन गरिएको थियो ।

     

    गायक राजेश राईको अगुवाईमा रहेको क्वायर झुण्डले विभिन्न भजन गीत गाउनुका साथै आराधनामा पनि अगुवाई गरेका थिए । कार्यक्रममा विभिन्न मण्डलीका संगीत झुण्डले आ–आफ्ना सांगीतिक प्रस्तुति दिएका भने विभिन्न मण्डलीका युवा संगतिका तर्फबाट पनि सामुहिक नृत्य प्रस्तुत गरिएको थियो ।

    सम्बन्धित खवर