बिहानै कोशी अस्पतालबाट अायो यस्तो दुःखद खबर, उपचार खर्च लुटिएपछि

बिहानै कोशी अस्पतालबाट अायो यस्तो दुःखद खबर, उपचार खर्च लुटिएपछि

  • , 3.6K जनाले हेर्नुभयो
  • 3.6K
    SHARES

  • बिहानै कोशी अस्पतालबाट अायो यस्तो दुःखद खबर, उपचार खर्च लुटिएपछि

    विराटनगर – बिरामी आमाको उपचारका लागि सुनसरीबाट रकम लिएर विराटनगर आउँदै गरेका एक युवा विराटनगरमै लुटिएका छन् ।लुटेराहरुले पीडितको साथबाट मोटरसाइकल र ५० हजार नगद लिएर फरार भएका छन् ।

    बिरामी भएर कोशी अञ्चल अस्पतालमा भर्ना गरिएकी आमाको उपचारका लागि नगद ५० हजार लिएर विराटनगर आउँदै गरेका सुनसरी देवानगन्ज २ का २४ बर्षीय वीरेन्द्र यादवलाई लुटेराहरुले कुटपिट गरी दिनदहाडै लुटेका हुन् ।

    देवानगन्जबाट आउँदै गरेका यादवलाई लुटेराको समूहले विराटनगर ७ को पिचरा, नहरचोकमा कुटपिट गर्दै लुटेका हुन् । उनी चढेको को ३१ प ४९९६ नम्बरको मोटरसाइकल, नगद ५० हजार, सिक्री, औंठी र हेलमेटसमेत लुटेराले लगेका छन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

    लुटेराहरुले चक्कु, ढुंगा र हेलमेटले कुटपिट गरेको पीडित यादवले बताए । कुटपिटको क्रममा यादव बेहोस भएपछि उनीसँग भएका नगद, गरगहना र मोटरसाइकल लिएर लुटेरा फरार भएका छन् ।

    अन्य समाचार

    प्रधानमन्त्रीको भारत भ्रमणपछि सरकारमा जाँदै फोरम,यस्तो छ तयारी !

    काठमाडौं ,चैत्र १८ /संघीय समाजवादी फोरमले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि सरकारमा सहभागी हुने तयारी गरेको छ। संविधान संशोधनबारे सरकारसँग भएको सहमतिको मस्यौदा तयार भइसकेको र मन्त्रालयको संख्यासमेत टुंगो लागेकाले प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि हस्ताक्षर गर्ने तयारी भएको हो। दुवै पक्षको सहमतिमा संविधान संशोधन गर्ने गरी तयार भएको सम्झौतापत्र प्रधानमन्त्रीको हातमा पुगिसकेको फोरमका वरिष्ठ नेता अशोक राईले बताए।

    प्रधानमन्त्री ओली भारतबाट फर्केपछि सम्झौतापत्रमा हस्ताक्षर हुने र आफूहरू सरकारमा सहभागी हुने उनले बताए। सरकारसँग भएको सहमतिअनुसार फोरमले दुई मन्त्री र एक राज्यमन्त्री पाउनेछ। उसले स्वास्थ्य र सहरी विकास मन्त्रालय पाउने सम्भावना छ। फोरम सरकारमा जाने अवस्थामा अहिले भएका मन्त्रीलाई साटफेर गरेर भए पनि सहमति गर्न सकिने सन्देश प्रधानमन्त्री केपी ओलीले यादवलाई पठाइसकेका छन्। अध्यक्ष यादवका लागि एउटा विकासे मन्त्रालय मिलाउने ओलीले वचन दिएका छन्। source:onlinepalanchok.com

    सम्बन्धित खवर