‘स्वेताजी र मेरो पीडा एउटै’;प्रचण्ड

‘स्वेताजी र मेरो पीडा एउटै’;प्रचण्ड

  • , 4.4K जनाले हेर्नुभयो
  • 4.4K
    SHARES

  • ‘स्वेताजी र मेरो पीडा एउटै’;प्रचण्ड

    चलचित्र ‘कान्छी’को आइतबार बेलुकी कुमारी हलमा ‘भीआइपी शो’ आयोजना गरिएको छ । फागूण ४ गतेबाट रिलिज भएको यो चलचित्र हिट भएको थियो । चलचित्र हेर्नका लागि नेताहरु कुमारी हल पुगेका थिए ।

    पूर्व प्रधानमन्त्री एवंम माओवादी अध्यक्ष पुष्पकमल दाहाल, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी, सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटा लगायत कुमारी हल पुगे ।चलचित्रको ‘भीआइपी शो’मा डिजाइनर  सुन्दर श्रेष्ठलाई सम्मानित गरिएको थियो । सो अवसरमा प्रचण्डले नायिका स्वेता खड्का र आफ्नो पीडा एउटै भएको बताए ।

    प्रचण्डले भने-‘श्वेताजीले मेरो निवासमा पुगेर मलाई निमन्त्रणा गर्दा मैले नाई भन्नै सकिनँ । श्वेताजी र मेरो परिवार एउटै पीडाबाट गुजि्रएको छ । त्यो पीडाको अनुभुतीको समानताका कारण उहाँले भन्ने वित्तिकै मैले हुन्छ भनेँ ।’ प्रचण्डले चलचित्र हिट भएको भन्दै स्वेता र टिमलाई वधाई पनि दिए । 

    कार्यक्रममा बोल्दै नायिका तथा निर्मात्री स्वेता खड्काले देशका विशिष्टि व्यक्तिहरुले चलचित्र हेर्न समय निकाल्नु भएको भन्दै यसले आफूलाई उर्जा मिलेको बताइन् । आकाश अधिकारीले निर्देशन गरेको चलचित्रमा स्वेता खड्का र दयाहाङ राई मुख्य भूमिकामा छन् ।source:nepalpath

    सम्बन्धित खवर