राष्ट्रपति ज्यू, देशकै ठुलो पदमा पुगेर पनि श्रीमानकाे हत्यारा खोज्नु पर्दैन? : दहाल

राष्ट्रपति ज्यू, देशकै ठुलो पदमा पुगेर पनि श्रीमानकाे हत्यारा खोज्नु पर्दैन? : दहाल

  • , 3.1K जनाले हेर्नुभयो
  • 3.1K
    SHARES

  • राष्ट्रपति ज्यू, देशकै ठुलो पदमा पुगेर पनि श्रीमानकाे हत्यारा खोज्नु पर्दैन? : दहाल

    मदन भण्डारीको हत्या बारे अझै पुष्टि हुन सकेको छैन । मदन भण्डारी बितेको २४ बर्ष सम्म नत हत्यारो पत्ता लागेको छ ? नत उनको दुर्घटना भएर मृत्यु भएको पुष्टि भएको छ, उक्त मुद्दा २४ बर्ष सम्म अझै एकिन हुन सकेको छैन । ‘मदन भण्डारी संग्रहालय’को उद्घाटन गर्दैगर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त बिषयमा दुखेसो पोखिन । मदन चढेको जीपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर

    नआउनु दुःखद् भयो, बिद्याले बताइन । त्यसपछी यतिबेला सामाजिक संजालमा चितवनको २४ बर्षे पुराना दासढुंगा काण्ड फेरी ब्युतिएको छ । कतिले यस घटनालाई हत्या भएको बहाना बनाई एमालेका नेताहरुले राजनीतिक लाभ लिरहेको भन्दै अब मदन भण्डारीको हत्याको च्याप्टर बन्द गर्नु पर्ने धारणा व्यक्त गरेका छन् भने, कसैले हत्याको छानविन नै पुष्टि गर्न नसकेको भन्दै एमालेलाई आलोचना समेत गरेका छन् ।

    मदन भण्डारीको निधन प्रति विभिन्न मिडियाहरुमा फरक फरक धारणाहरु हिजै देखि नआएका होइनन । धेरैले भण्डारीको हत्यामा भारत संलग्न रहेको आँकलन गरे भने, कतिले प्रचण्ड बाबुरामको संलग्नता रहेको ठोकुवा समेत गरिरहेका छन् ।

    मदन भण्डारीकाे हत्याकाे छानबिनकाे माग गर्नु राम्राे कुरा हाे तर हत्याकाण्डका सबुत अमर लामाकाे हत्या गराउने प्रचण्डकाे…पुर्वमाओबादी तथा लेखक भरत दाहालले मदन भण्डारीको हत्यामा माओबादीका नेता प्रचण्ड बाबुरामले गरेको संघीन आरोप लगाउदै आएका छन् । उनले भण्डारीको हत्यामा माओबादी संलग्न रहेको बिषयमा विभिन्न आलेखहरु पत्रपत्रिका मार्फत बारम्बार ओकालत गर्दै आएका छन् ।

    राष्ट्रपति बिध्या देवी भण्डारीले आफ्नो पतिको अकल्पनीय दुर्घटना बारे दुख व्यक्त गरे पछि, भरत दाहालले पुनः आफ्नो प्रतिक्रिया सामाजिक संजाल फेसबुक मार्फत दिएका छन् । साथै मदन भण्डारी हत्याको जानकारी प्रचण्ड संग माग्न अनुरोध समेत गरेका छन् ।

    उनले आफ्नो फेसबुकमा लेखेका छन् ‘मदन भण्डारीकाे हत्याकाे छानबिनकाे माग गर्नु राम्राे कुरा हाे तर हत्याकाण्डका सबुत अमर लामाकाे हत्या गराउने प्रचण्डकाे सहयाेग विना याे बाह्य डिजार्इनकाे रहस्य खुल्ने संभावना छैन। एकमात्र प्रमाण अमर लामाकाे हत्या किन गरियाे भन्ने जानकारी कामरेड प्रचण्डसंग माग्ने कि राष्ट्रपतिज्यू ?’

    भण्डारीको हत्याको जिवित प्रमाणका रुपमा रहेको चालक अमर लामाको हत्या माओवादीले गरेको हुदाँ उक्त हत्याको एक मात्र प्रमाण अम्मर लामा भएको र तिनै लामालाई मारेर माओबादीले प्रमाण नस्ट गरिदिएको आरोप भरत दाहालको छ ।

    यता प्रचण्डले भने मदन भण्डारीको हत्या भारतको डिजाइनमा भएको आफ्नो धारणा बेलाबखत राख्दै आइरहेका छन् । मदन भण्डारीको एकमात्र जिउदो प्रमाण अम्मर लामालाई माओबादीले मार्नु र उक्त घटनालाई भारत संग जोड्नु प्रचण्डको कुटनैतिक बचाउ भाषा भएको भरत दाहालले जिकिर गर्दै आएका छन् ।

    सम्बन्धित खवर