गुल्मीको रिडीमा ढुङ्गाले लागेर एक जनाको मृत्यु

गुल्मीको रिडीमा ढुङ्गाले लागेर एक जनाको मृत्यु

  • , 2.4K जनाले हेर्नुभयो
  • 2.4K
    SHARES

  • गुल्मीको रिडीमा ढुङ्गाले लागेर एक जनाको मृत्यु

    २४ असोज, गुल्मी । गुल्मीको रिडीमा ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रुरु गाउँपालिका २ बेशिकाचौरका ५८ वर्षीय ज्ञानहरी ज्ञवालीलाई सडकमाथिबाट आएको ढुङ्गाले लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिनुभयो । दारेगौंडा स्थित सिमिजौखोला – बेशिकाचौर भित्री कच्ची सडक खण्डमा दारेगौंडा सडक माथि चर्केर अड्किएको ढुङ्गा खसेर घाइते उनको प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचारको क्रममा मृत्यु भएको हो ।

    सम्बन्धित खवर