कोरोनाका कारण रोकिएको एसईई परीक्षामा, सरकारले याे निति लियाे परीक्षा नदिएर विद्यार्थी पास गर्ने सहि कि गलत ?

कोरोनाका कारण रोकिएको एसईई परीक्षामा, सरकारले याे निति लियाे परीक्षा नदिएर विद्यार्थी पास गर्ने सहि कि गलत ?

  • , 4K जनाले हेर्नुभयो
  • 4K
    SHARES

  • कोरोनाका कारण रोकिएको एसईई परीक्षामा, सरकारले याे निति लियाे परीक्षा नदिएर विद्यार्थी पास गर्ने सहि कि गलत ?

    काठमाडौं : यतिबेला बिश्वभर कोरोना महामारी चलिरहेको छ उक्त भाइरस रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण शिक्षा परेको असर लाई मध्यनजर राख्दै गणेशमान सिंह अध्ययनले स्थगित भएको एसइई, कक्षा ११ र कक्षा १२ का परीक्षाका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएको छ।

    त्यसपछि प्रतिष्ठानले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको असरका सन्दर्भमा गठित राहत तथा आर्थिक प्रवर्द्धन प्याकेज अध्ययन समितिले एसइई परीक्षाका सम्बन्धमा यस वर्षका लागि सम्बन्धित विद्यालयले नै विद्यार्थीको आज सम्मको मूल्याङ्कनका आधारमा उत्तीर्ण वा अनुत्तीर्ण भनी प्रमाणपत्र बितरण गर्दा उचित हुने सुझाव दिएको छ।

    प्रतिष्ठानका अध्यक्ष तथा नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीले एक वक्तव्यमार्फत कक्षा ११ को परीक्षा भने यस वर्षका लागि स्थगन गरी विद्यालयमा लिइएका अघिल्ला परीक्षाका आधारमा प्रमाणपत्र वितरण गर्न र कोराना सङ्क्रमणको जोखिम न्यून हुँदै गएपछि सावधानीका सबै उपाय अपनाइ कक्षा १२ को परीक्षा सञ्चालन गर्न अपिल गरेका छन्।

    त्यस्तै प्रतिष्ठानले लकडाउन अहिलेकै अवस्थामा लम्बिँदै जाँदा एकातर्फ आम नागरिकको दैनिक जीवनयापन कष्टकर हुँदै गएको र अर्कोतर्फ लकडाउनले गर्दा सिर्जना भएका समस्यालाई सम्बोधन गर्न सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आवश्यक सतर्कताका उपाय अपनाइ लकडाउन खुकुलो बनाउनेबारेमा सुझाव दिएको छ।

    प्रतिष्ठानले अत्यावश्यक कामका लागि लकडाउन खुकुलो बनाउँदै जाने र भोकमरी तथा आर्थिक सङ्कट आउन नदिने व्यवहारिक कार्यक्रम लागू गर्न सरकारसँग आग्रह गरेको छ।

    सम्बन्धित खवर