कक्षा ११, १२ बोर्ड परीक्षा यसरी दिने तयारी

कक्षा ११, १२ बोर्ड परीक्षा यसरी दिने तयारी

  • , 6.3K जनाले हेर्नुभयो
  • 6.3K
    SHARES

  • कक्षा ११, १२ बोर्ड परीक्षा यसरी दिने तयारी

    काठमाडौं । कोरोना भाइरसका कारण रोकिाएको एसईई र कक्षा १२ को परीक्षा सँगै हुने देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईई र आगामी बैशाखमा हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने जानकारी दिएको छ । कोभिड–१९ का कारण गत चैत ६ गतेबाट सुरु हुनुपर्ने हुने एसईई परीक्षा रोकिएको थियो । त्यसैगरी बोर्डको निर्धारित तालिकाअनुसार आगामी बैशाख ८ गतेबाट कक्षा १२ को परीक्षा गर्ने तयारी छ । कक्षा ११ को परीक्षा तालिका बैशाख २१ गतेबाट हुने भनिएको छ ।

    बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार, ‘एसईई परीक्षा बिहान र कक्षा १२ को परीक्षा दिउँसो सञ्‍चालन गर्न सकिनेछ । यसो गर्दा एउटै परीक्षा केन्द्रमा एकसाथ दुवै परीक्षा सम्पन्न हुनेछ। लकडाउन खुलेपछि तत्कालै परीक्षा प्रक्रिया अघि बढ्छ ।’ यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन् । देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्द्र विस्तार गरिएका छन् । प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन् । अन्तिम तयारी भैरहँदा सरकारले अचानक लकडाउन लगाएपछि परीक्षा रोकिाएको थियो ।

    कक्षा १२ को सबै प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्रले छापिसकेको छ । उनले भने, ‘सुरक्षण प्रेसमा सबै प्रश्नपत्र छापिइसकेका छन् र प्याक भइसक्यो । लकडाउने खुलेलगत्तै सम्बन्धित परीक्षा केन्द्रमा प्रश्नपत्र पुर्‍याइने छ।’ कक्षा ११ र १२ का गरी ४ लाख ८० हजारभन्दा बढी परीक्षार्थी रहेका छन् । त्यसनिम्ति १ हजार १ सय परीक्षा केन्द्र तोकिएका छन् ।

    सम्बन्धित खवर