फेरि आयाे नया भाइरस। के हो ‘हान्ता भाइरस’ भनेकाे, कसरी गर्छ संक्रमित ?

फेरि आयाे नया भाइरस। के हो ‘हान्ता भाइरस’ भनेकाे, कसरी गर्छ संक्रमित ?

  • , 5K जनाले हेर्नुभयो
  • 5K
    SHARES

  • फेरि आयाे नया भाइरस। के हो ‘हान्ता भाइरस’ भनेकाे, कसरी गर्छ संक्रमित ?

    के हो हन्ता भाइरस ?

    विशेषज्ञहरुका अनुसार कोरोना भाइरससजस्तै हन्ता भाइरस घातक भने छैन । कोरोनाभन्दा विपरित हावामार्फत् फैलँदैन ।

    यो मुसा वा लोखर्केको सम्पर्कमा आउने मानिसमा फैलन्छ । तर यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । यदि कोही व्यक्ति मुसाको दिसा, पिसाब आदिलाई छुन्छ र आफ्नो आँखा, नाक र मुख छुन्छ भने उसमा हन्ता भाइरसको सम्भावना बढ्छ ।

    यो भाइरस संक्रमण हुँदा मानिसलाई ज्वरो

    उने, टाउको दुख्ने, शरीर दुख्ने, पेट दुख्ने, उल्टी हुने, झाडा पखाला लाग्ने जस्ता लक्षण देखिन्छ ।

    यदि समयमै उपचार नपाएमा हन्ता भाइरस संक्रमित मानिसको मृत्यू पनि हुनसक्छ ।

    हान्ता भाइरसको लक्षणः

    सीडीसीको रिपोर्ट अनुसार हान्ता भाइरस मुसाबाट फैलन्छ ।

    यदि कोही व्यक्तिले मुसाको मल–मूत्र वा -याल छोएपछि हातले अनुहारलाई छुन्छ भने संक्रमित हुने आशंका बढ्छ ।

    यद्यपि, साधारणतया हान्ता भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । हान्ताको संक्रमण भए नभएको पत्ता लगाउन एकदेखि आठ हप्ताको समय लाग्नसक्छ ।

    यदि कोही व्यक्ति हान्ता भाइरसद्वारा संक्रमित छ भने उसलाई ज्वरो, टाउको दुख्ने, जिउ दुख्ने, बान्ता हुनेलगायतका समस्या देखिन सक्छ ।

    हान्ता संक्रमित व्यक्तिको स्वास्थ्य बिग्रँदा फोक्सोमा पानी भरिन थाल्छ र सास फेर्न समस्या पनि हुनसक्छ ।

    जनवरी सन् २०१९ मा पेटागोनियामा हान्ताको संक्रमणले ९ जनाको ज्यान लिएको थियो । त्यसपछि पर्यटकलाई पनि यसबारे चेतावनी दिइएको थियो ।

    त्यतिबेलादेखि अहिलेसम्म हान्ता भाइरसका ६० संक्रमित भेटिएको अनुमान गरिएको छ । तीमध्ये ५० जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

    सीडीसीलाई विश्वास गर्ने हो भने हान्ता भाइरसमा ३८ प्रतिशत मृत्युदर हुन्छ र यो रोगको कुनै निश्चित उपचार पनि छैन ।

    सम्बन्धित खवर