कास्कीको पाउदुरमा आपसी विवादमा धारिलो हतियार प्रहार गर्दा एक घाइते

कास्कीको पाउदुरमा आपसी विवादमा धारिलो हतियार प्रहार गर्दा एक घाइते

  • , 24.8K जनाले हेर्नुभयो
  • 24.8K
    SHARES

  • कास्कीको पाउदुरमा आपसी विवादमा धारिलो हतियार प्रहार गर्दा एक घाइते

    सामान्य विवादमा भएको हतियार प्रहारबाट कास्कीमा एक जना घाइते भएका छन् ।

    अन्नपूर्ण गाउँपालिका वडा नं ३ पाउदुर बस्ने बर्ष ३३ का रामजी बिक सोही स्थान बस्ने बर्ष ३५ का लक्ष्मण बिकको धारिलो हतियार प्रहारबाट घाइते भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

    प्रहरीका अनुसार घाइते रामजीको निधारमा चोट लागेको छ । हाल उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको अबस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा खटिएको प्रहरीको टोलीले हतियार प्रयोग गरी घाइते बनाउने लक्ष्मण बिकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित खवर