बिपिन पौडेलको सृजनामा रहेकाे “म्याग्दी काली दोभान”बोलको गित  म्युजिक भिडियो सहित बजारमा सार्वजनिक भएको छ।

बिपिन पौडेलको सृजनामा रहेकाे “म्याग्दी काली दोभान”बोलको गित  म्युजिक भिडियो सहित बजारमा सार्वजनिक भएको छ।

  • , 21.3K जनाले हेर्नुभयो
  • 21.3K
    SHARES

  • बिपिन पौडेलको सृजनामा रहेकाे “म्याग्दी काली दोभान”बोलको गित  म्युजिक भिडियो सहित बजारमा सार्वजनिक भएको छ।

    बिपिन पौडेल को सृजना मा “म्याग्दी काली दोभान” पछिल्लो समय सांगीतिक क्षेत्रमा राम्रो प्रगति गरिरहेका म्याग्दी ताकमका कलाकार बिपीन पौडेलको शब्द सिर्जना सर्मिला सिर्पला को “म्याग्दी काली दोभान ” बोलको गित म्युजिक भिडियो सहित बजारमा सार्वजनिक भएको छ । पौडेल वैदेशिक रोजगारीको सिलसिलामा अहिले साउदीमा रहेर अहिले बाषि्क बिदामा नेपाल छन । यहि अवसर पारेर स्वयम् आफू पनि अभिनय मा देखिदै करिब २ हप्ता अगाडि सार्वजनिक भएको गीतमा बिपिन पौडेलको शब्द छ भने लय/ स्वर झलक बिरही थापा र सर्मिका सिर्पली को रहेको छ । इन्द्र जिशीको एरेन्ज रहेको उक्त गितको भिडियोमा मोडल बिवश पौडेक बिपिन पैडेल मिलन बिश्वकर्म र सोफिया सिर्पलानी लगायतले अभिनय गरेका छन । तिलक मगर को निर्देशन मा बनेको म्युजिक भिडियोलाई टि.टाइम म्युजिक कम्पनी ले बजार मा ल्याएको हो । म्याग्दी लिल्ला को धौलागिरि गाउँपालिका–७ ताकम घर भई हाल परदेश बात नेपाल मा आयका कलाकार पौडेल प्रवासमै रहदा पनि शब्द सिर्जना तथा लय संकलन मार्फत कलाकारीतामा निकै सक्रिय देखिएका छन । सानै उमेरबाट नै कलाकारितामा रुचि भएका पौडेलले म्याग्दीको बयान, वर दुबै मा बाँस भो, बेनिको बस, भुकम्प ले भत्कायो घर पनि, रुकुम मुसि कोट, स्वर्ग जस्तो मेरो पोखरा, दशै तिहार, जान्छु अब धर्ती छाडेर, स्याङ्जा को झल्को लगायत गरेर झन्डै ३ दर्जन भन्दा बढी गीतहरुमा शब्द तथा लय सिर्जना गरिसकेका छन् ।उनको शब्द, संगीत मा अन्य थुप्रै गीतहरु बजारमा आउने क्रम समेत उनले बताए । “गायक गायिका हरु गीतको कारण जति लोकप्रिय बने पनि गीतका रचनाकार भने ओझेलमा नै रहिरहन्छन । म नचिनिए पनि मेरा शब्दहरु दर्शकहरुले मन पराउनु भएको छ गीतलाई माया गरिरहनु हुन्छ यसैमा खुशी लागिरहेको छ गर्व लागेको छ ।”

    सम्बन्धित खवर